समाचार

लुम्बिनी प्रदेशमा बुधबारदेखि श्रमाधान रोजगार मेला हुँने

विशेष सम्बादाता
काठमाडौ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लुुम्बिनी प्रदेशमा यही जेठ २३ र २४ गते ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ। बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने यो मेलाको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले गर्नु हुनेछ।
लुम्विनी प्रदेशमा हुन लागेको श्रमाधान रोजगार मेला, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ, बुटवल उप-महानगर पालिकाको संयुक्त आयोजनामा हुनेछ।
मेलाबारे वुुटवल उप-महानगर पालिकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। लुम्बिनी प्रदेशमा हुन लागेको श्रमाधान रोजगार मेला तयारी भएको र यस प्रदेशमा हुने मेलामार्फत नेपालको रोजगारीको आवश्यकतालाई नयाँ रणनीति अनुरूप अघि सारेको
लुम्बिनी प्रदेश मेला संयोजक एवम् उपसचिव लोकनाथ भुषालले रोजगार मेलाले रोजगार खोज्ने रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याएर रोजगारीका लागि अनुकुल वातावरण सिर्जना गर्ने जानकारी दिएका छन्। मेलाबाट रोजगारी सिर्जना, युवा सशक्तिकरण र दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक निजी साझेदारीलाई बढावा दिन सहयोग पुग्ने विश्वास गरेका छन्।
लुम्बिनी प्रदेश श्रम रोजगार कार्यालयका प्रमुख कृष्ण खनालले मेलाले रोजगार खोज्ने, रोजगारदाता र सरोकारवालालाई एकै ठाउँमा ल्याई रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्ने बताए। मेलाले राष्ट्रलाई थप समृद्धितर्फ लैजान सक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज हुने बताएका छन्।
पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख लेखराज पाण्डयेले पत्रकार सम्मेलन मार्फत सरोकारवालालाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै उनले श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकमा उत्साह थपिने बताए।
लुम्बिनी प्रदेशमा हुने मेलामा बेरोजगार युवालाई ज्ञान, सीप, क्षमताका आधारमा विवरण सङ्कलन गरिने जानकारी दिएका छन्। सो मेलामा ४१वटा स्टल रहने जानकारी दिनुभयो।
यो श्रमाधान रोजगार मेला जेठ १७ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरी सुरु भएको यो मेला सातै प्रदेशमा सञ्चालन हुने यो मेला हरेक प्रदेशमा दुई दिनसम्म सञ्चालन हुनेछ। कोशी प्रदेशमा १७ र १८ गते, मधेश प्रदेशमा १९ र २० गते र गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते भएर पनि समापन भएको छ। लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुँदैछ। यसैगरी बाग्मती प्रदेशको ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन गरेर विधिवत रूपमा समापन हुनेछ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button