समाचार

राजविराजमा स्पेस एण्ड कम्युनिकेसन रिसर्च सेन्टरको शिलान्यास हुने

पब्लिक प्रेस ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सि. के. राउतको करकमलबाट राजविराज नगरपालिका वडा नं.-१० दिघवा (सदाटोल ) मा स्पेस एण्ड कम्युनिकेसन रिसर्च सेन्टर तथा इनोभेसन सेन्टर स्थापनाको शिलान्यास कार्यक्रम आयाेजना गरिएको छ ।

कार्यक्रम आगामी चैत्र २२ गते, शुक्रबार दिनको १:०० बजे आयोजना गरिनेछ। यस ऐतिहासिक अवसरमा जनमत पार्टी राजविराज-१० सप्तरी, नेपालले आयोजना गरेको कार्यक्रमले क्षेत्रीय विकास र प्रविधिमा नयाँ सम्भावनाहरूको सुरुवात गर्ने अपेक्षा गरिएको जनमत पार्टीको प्रबक्ता शरद सिंह यादवले बताए ।

उहाकाे अनुसार कार्यक्रममा गरिमामय उपस्थितिका लागि आयोजकले सबैलाई सादर अनुरोध गरेको छ। यो शिलान्यासले स्थानीय समुदायलाई प्रविधि र अनुसन्धानको क्षेत्रमा नयाँ अवसरहरू प्रदान गर्ने विश्वास गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button