समाचार

सप्तरीकाे मुसहरनिया टोलमा आगलागी, तीन लाख बराबरको क्षति

पब्लिक प्रेस |
सप्तरीको राजविराज नगरपालिका-१५ मुसहरनिया टोलमा आगलागी हुँदा करीब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।

साेमबार साँझ ७ बजे शत्रुधन मण्डलको टिनको छाना र बाँसको टाटले बनेको एक तल्ले गोठ घरमा बालेको घुरबाट आगलागी सुरु भएको थियो। आगलागीले गोठ घर र बसोवास गर्ने घर समेत जलेर पूर्ण रूपमा नष्ट भएको छ। घरभित्र रहेको लत्ता-कपडा, अन्नपात, भाँडाकुँडा, तथा काठपात जलेर क्षति भए
घटनामा कुनै पनि मानविय वा चौपाया क्षति नभएको पब्लिक प्रेसक्रमी बताएकाे छ। पब्लिक प्रेस क्रमीकाे अनुसार स्थानीय बासिन्दा, नेपाल प्रहरी, र दमकलको सहयोगमा साँझ ९ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

घटनास्थलमा इलाका प्रहरी पोष्ट तितरी गाछीका प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली पुगेको थियो। आगलागीको घटनाको थप अनुसन्धान भइरहेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button