समाचार

अग्निपिडितलाई धर्मी हल्फा महिला क्लबद्वारा राहत वितरण

पब्लिक प्रेस ।
राजबिराज – सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरहीका अग्निपिडित बैजनाथ खंग परिवारलाई धर्मी हल्फा महिला क्लब, लालापटीले राहत सामग्री प्रदान गरेको छ।

आगलगीका कारण सर्वस्व गुमाएका परिवारलाई मंगलबार एक कार्यक्रमका बीच क्लबका अध्यक्ष सूर्यनारायण यादवले त्रिपाल, झुल, लत्ताकपडा, भाँडाकुडा, म्याट्रेस, बाल्टिन, मगलगायतका सामग्री हस्तान्तरण गरे।

कार्यक्रममा समाजसेवी रामधन राय, रामचन्द्र यादव, ओमप्रकाश खंग, सकल देव खंग लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो। आगलगीबाट अनुमानित १३ लाख बराबरको क्षति पुगेको बताइएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button