जसपा नेपाल

जसपा सप्तरी सचिवमा निरज मुक्ति १ मतको अन्तरले विजयी

पब्लिक प्रेस ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको जिल्ला सचिवमा रोचक प्रतिस्पर्धामार्फत निरज मुक्ति विजयी भएका छन्। निर्वाचनको परिणामअनुसार उनले २३१ मत प्राप्त गर्दै नजिकका प्रतिस्पर्धी शम्भु यादवलाई १ मतले पछि पारेका हुन्। शम्भु यादवले २३० मत ल्याएका थिए।

सप्तरीमा १४ साउनदेखि सुरु भएको जसपा नेपालको जिल्ला अधिवेशनमा सहमति हुन नसकेपछि हिजो मतदान सम्पन्न भएको थियो। आज सम्पन्न मतगणनापछि सचिव पदको परिणाम सबैभन्दा चासोको विषय बनेको थियो।

मुक्तिको यो विजय उमेश यादव प्यानलका लागि महत्वपूर्ण सफलता मानिएको छ। यसअघि अध्यक्ष पदमा उमेश यादव पराजित भए पनि सचिव पदमा मुक्ति एक मात्र मतको अन्तरले विजयी भएका हुन्।


पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button