पब्लिक प्रेस ।
ग्लोबल मनी वीक २०२५ को अवसरमे कामना सेवा विकास बैंक लिमिटेड, राजविराज शाखाले शुक्रबार क्षितिज क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममे ५५ जना विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो।

“Think Before You Follow, Wise Money Tomorrow” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममे विद्यार्थीहरूलाइ जिम्मेवार आर्थिक निर्णय लिनका लागि आवश्यक ज्ञान र सीप प्रदान गरियो।
कार्यक्रमका मुख्य सहभागीहरू:
– शाखा प्रमुख:सूर्य नारायण मुखिया
– सम्बन्ध प्रबन्धकहरू: प्रशान्त भगत र रतन यादव
– क्याम्पस संस्थापक: केशव झा
– लेक्चरर:राजीव यादव

कार्यक्रमका क्रममे शाखा प्रमुख सूर्य नारायण मुखियाले वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पार्दै भविष्यमे यस्ता कार्यक्रमहरूलाइ निरन्तरता दिने योजना रहेको बताए। उनले युवाहरूलाइ आर्थिक व्यवस्थापनमे सचेत बनाउन यस्ता अभियानहरू महत्त्वपूर्ण हुने बताए।
समारोहको विशेषताहरू:
कार्यक्रमले वित्तीय सचेतना र दिगो आर्थिक अभ्यासको आवश्यकता उजागर गर्यो। विद्यार्थीहरूले भविष्यको जिम्मेवार नागरिक बन्न आर्थिक निर्णयको महत्त्वलाइ गहिरोसँग बुझे।











