समाचार

मधेश प्रदेशमा अल्मलिएको शिक्षा नीति ६ बर्षपछि आउने पक्का

पब्लिक प्रेस संवाददाता
कञ्चनरूप पुस १३ गते ।

मधेश प्रदेशका गृह,सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले आफु मन्त्री भएकाे ७ महिना पूरा नहुदै धेरै काम गरेकाे बताउनु भएकाे छ । गृह जिल्ला सप्तरीकाे १ नम्बर निर्वाचन क्षेत्रमा नेकपा ( एमाले) काे क्षेत्रिय बैठकमा उहाँले यस्ताे बताउनु भएकाे हाे ।

पार्टी सुद्धिकरण तथा सुदृढीकरण बैठककाे विशिष्ट अतिथीकाे आसनबाट मन्त्री लेखीले मन्त्रालयले ६ बर्षमा नबनेकाे शिक्षा नीति आफ्नो सक्रीयतामा २ महिनामै कमिटी गठन भई एक दर्जन बैठक सम्पन्न भएकाे जानकारी गराउनु भयाे । उहाँकाे अनुसार याे प्रदेशका लागि महत्वपूर्ण उपलब्धी हाे । शिक्षा नीति नबनेका कारण शिक्षाक्षेत्र साेचेकाे र चाहेकाे जस्ताे बन्न नसकेकाे भन्दै उहाँले दुःख प्रकट गर्नुभयाे ।

यस्तै मधेश प्रदेशका पत्रकारहरूलाई १ लाखकाे स्वास्थ्य विमा र ७ लाखकाे दुर्घटना विमा सुरूवात गरेकाे जानकारी दिनुभयाे । उहाँकाे अनुसार यहि पुस १२ गते मात्रै याे निर्णय भएकाे हाे । विमा अन्तर्गतै सहिद परिवारलाई पनि स्वास्थ्य र दुर्घटना विमाकाे सुरूवात गरिएकाे छ ।

यस्तै विपदमा मृत्यु हुनेलाई १ लाख , आगलागी पिडितलाई १० हजारका दरले सहयाेग प्रदान गरिने बैठककाे निर्णय मन्त्री लेखीले सुनाउनु भयाे । आफ्नो अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको लिष्ट समेत सार्वजनिक गर्दै मन्त्री लेखीले धेरै योजनामा बजेट बिनियाेजन गरेकाे जनाउनु भयाे ।

उहाँले प्रदेश प्रहरी भवनकाे लागि २३ कराेड, पत्रकार महासंघ भवनकाे लागि ८० लाख, विभिन्न प्रहरी इकाई भवनहरूलाई याे बर्ष १९ कराेडकाे बजेट छुट्याइएकाे बताउनु भयाे ।
प्रदेश प्रहरी भवनकाे लागि २३ कराेड भने प्रदान गरिसकेकाे उहाँकाे लिष्टमा छ । लिष्ट अनुसार अन्य नीतिसंगै गाेष्ठी, तालिम, विभिन्न बैठक, टेण्डर लगायत कार्य सम्पन्न भइसकेकाे छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button