समाचार

चोरी मुद्दामा कैद फैसला भइ फरार रहेका राम पक्राउ 

राजविराज ७ चैत्र । सप्तरी प्रहरीले चोरी मुद्दामा कैद र जरिवाना फैसला भइ फरार रहेका एक पुरुषलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नं १३ बिसहरिया बस्ने ५० वर्षीय राम कुमार राम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले रामलाई गाँउ घरमा लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेको हो ।

सप्तरी जिल्ला अदालत राजविराजले चोरी मुद्वामा उनीविरुद्ध रु. ५ हजार र २० दिन कैद सजाय सुनाएको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गराइएको सप्तरी प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपाने जानकारी दिनुभयो ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button