समाचार

जनता मा वि ईटहरी विष्णुपुर हाटी परीक्षा केन्द्रमा गम्भीर त्रुटि, उच्चस्तरीय टोलीद्वारा अनुसन्धान सुरु

 

नविन निर्भय यादव
सप्तरीको जनता माध्यमिक विद्यालय, ईटहरी विष्णुपुर हाटी वडा नम्बर ७ मा एसईई परीक्षा सञ्चालनको व्यवस्थापनमा गम्भीर त्रुटि देखिएको छ। विद्यालयमा परीक्षा सञ्चालनका क्रममा हरेक बेन्चमा शिव बोडिङ्ग स्कुलका दुई-दुईजना विद्यार्थी अनधिकृत रूपमा फेला परेका छन्।

परीक्षार्थी विवरण:
रेगुलर विद्यार्थीको सङ्ख्या:२४६
उपस्थित विद्यार्थीको सङ्ख्या: २३६
ग्रेड वृद्धि विद्यार्थी: २७ (उपस्थित १२ जना, जसमा १ जना अपाङ्ग विद्यार्थी)
जम्मा उपस्थित विद्यार्थी: २४८

उक्त केन्द्रमा भुपेन्द्र संस्कृतिक मावि सखडा, जनता मावि खुदिबखारी कुपहि, जनता मावि कन्कटा, मावि बननिया, र शिव इन्टरनेशनल राजविराजका विद्यार्थीहरूले परीक्षा दिएका थिए। व्यवस्थापनका लागि ९ वटा कक्षा कोठा छुट्याइएको थियो, जसमा हरेक कोठामा १५/१५ जनाको दरले विद्यार्थी राखिएको थियो।

तर, परीक्षा सञ्चालनका क्रममा शिव बोडिङ्ग स्कुलका अनधिकृत विद्यार्थीहरू फेला पर्नु परीक्षा व्यवस्थापनको गम्भीर लापरबाहीको प्रमाण भएको स्राेतले आरोप लगाएका छन्। स्राेतकाे भनाइमा यो सबै परीक्षा केन्द्रका अध्यक्ष कुशेसर मंडलको मिलेमतो र निजी विद्यालयको सेटिङको कारणले भएको दाबी गरिएको छ।

उता केन्द्र अध्यक्ष कुशेसर मंडलले लापरबाहीलाई स्वीकार्दै भनेका छन्, “हामी एसईई परीक्षाका कामले सदरमुकाम लागेका थियौँ। सिट प्लानिङको जिम्मेवारी अरू शिक्षकहरूलाई दिँदा यस्तो त्रुटि भएको हो। याे मा कुनै सेटिङकाे कुरा छैन तर, भविष्यमा यस्तो त्रुटि नदोहोरिने सुनिश्चितता गर्दछु।”

घटनाबारे सूचना बाहिरिएपछि  परिक्षा समन्वय समिति  र उच्चस्तरीय टोलीले परीक्षा केन्द्रमा मुचुल्का उठाएर अनुसन्धान प्रक्रिया थालेका छन्। दोषीमाथि कडा कारबाही गरिने अपेक्षा गरिएको छ।

यस घटनाले एसईई परीक्षा व्यवस्थापनको विश्वसनीयता र निष्पक्षतामा गम्भीर प्रश्न खडा गरेको छ। यस्ता त्रुटिहरू रोक्न तत्काल सुधारात्मक कदम चाल्नु आवश्यक देखिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button