समाचार

राससकाे ६४ औ बार्षिकाेत्सव राजबिराजमा अन्तरक्रीया र गाेष्ठीकाे आयोजना गरि मनाए

पब्लिक प्रेस संवाददाता
राजबिराज ।

राष्ट्रिय समाचार समितिकाे ६४औ बार्षिकाेत्सवकाे अवसरमा पूर्व राससकर्मीहरूलाई सम्मान गरिएकाे छ । साेमबार सप्तरीकाे राजबिराज स्थित नेपाल पत्रकार महासंघ शाखाकाे सभाहलमा रासस राजबिराज कार्यालयद्वारा आयोजित कार्यक्रममा बरिष्ठ पत्रकार अनिल कुमार अनल, मुरली प्रसाद यादव, मनाेहर पाेखरेल, राजेश झा, श्रवण कुमार देव र डम्बर राईलाई दाेसल्ला ओढाएर अबिर र मालाले सम्मान गरेकाे हाे ।

राससकर्मी तथा राजबिराज कार्यालय प्रमुख शम्भु प्रसाद यादवकाे अध्यक्षता र राजबिराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत प्रविणकाे प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा राससकाे भुमिका,बिगत र बर्तमानकाे अवस्था, देश र समाजमा प्रदत्त याेगदान लगायत बारेमा छलफल भएकाे थियाे ।
साे अवसरमा राजबिराजकी कावा नगरप्रमुख इसरत प्रविणले राससले सिङ्गाे राष्ट्रमा धेरै सञ्चारकर्मीलाई जन्माएन मात्र जीविकाेपार्जनमा समेत टेवा पुर्याएकाे बताइन् । उनले सञ्चारकर्मीहरूलाई आग्रहका साथ भने कि तपाइहरुले समाचारमा निष्पक्ष ल्याउनुस्, पछिल्लाे समयमा पत्रकारहरूपनि राजनीतिक स्तम्भमा उभिएर पक्ष बिपक्ष बनाएर समाचार लेख्दैछन् याे पत्रकारकाे र समाचारकाे धर्म हाेइन । उनले भनिन् हाे गल्तीलाई औल्याउनुस, कमिकमजोरीकाे बारेमा लेख्नुस् तर सहिसत्य बुझेर मात्र, कसैकाे कुराकाे वा पक्ष बिपक्षकाे भरमा समाचार लेखेर दु:खदिने काम नगर्नुस् । यस्तै आयोजित समारोहमा महासंघ शाखाका अध्यक्ष श्रवण कुमार देव, प्रदेश महासंघ सल्लाहकार अवधेश झा, प्रमुख जिल्ला अधिकारी भाेला दाहाल, बरिष्ठ पत्रकार अनिल कुमार अनल, सप्तरी महासंघका पूर्व अध्यक्षद्वय बिष्णु मण्डल, मुरली प्रसाद यादवले मन्तब्य राखेका थिए ।

यसैगरी मन्तब्य राख्नेहरूमा जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादव, राससकर्मी सिरहा प्रमुख सुदिप राउत, प्रेस मञ्च केन्द्रीय सदस्य चन्दन यादव, प्रेस चाैतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राई लगायत ब्यक्तित्वहरू थिए । राससकर्मी उमेश कुमार साहद्वारा संचालित कार्यक्रममा राससकर्मी अरूणकुमार यादवले स्वागत मन्तब्य राखेका थिए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button