समाचार

भुमि समस्या समाधान आयोग सप्तरीका अध्यक्ष अखिलेश कुमार झाले ग्रहण गरे पदभार

पब्लिक प्रेस संवाददाता
राजबिराज माघ १६ गते ।

भुमि समस्या समाधान आयोग सप्तरीका अध्यक्ष अखिलेश कुमार झाले एक कार्यक्रमबीच पदभार ग्रहण गरेकाे छ । जिल्ला समन्वय समितिको परिसरमा रहेको आयोगको कार्यालयमा झाले बुधबार पदभार ग्रहण गरेकाे हाे ।

साे समाराेहमा झाले सप्तरीमा रहेको भुमि समस्या समाधानको लागि आफुले न्यायाेचित काम गर्ने बताए ।
जिम्मेवार भएपछि कर्तव्यको पालना त अवश्य गर्नु नै पर्छ त्यसमानेमा पनि भुमी समस्या समाधानमा आफुले कटिवद्ध भएर लाग्ने झाले प्रण गरे । भुमिहीन दलित, सुकुम्बासी तथा अब्यवस्थित बसोवासीको हकमा आयोगको नियमन बमाेजिम सक्रिय रहने उनले बताए ।

यही माघ ४ गते मन्त्रीपरिषदको निर्णयले उनलाई सप्तरी भुमि समस्या समाधान आयोगकाे अध्यक्षमा नियुक्त गरिएको थियाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button