समाचार

त्रिकोणात्मक प्रेममा आधारित ‘आदत’ म्यूजिक भिडियो सार्वजनिक

सप्तरी  |

नेपाल आइडल रनर-ऑप प्रताप दास र पछिल्ला चरणहरूमा नेपाली संगीत क्षेत्रमा औधी रूचाईएको गायिका अन्नु चौधरीको स्वरमा रहेको ‘आदत’ म्यूजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा चर्चित गीतकार विद्यानन्द वेदर्दीको शब्द र प्रसिद्ध युवा संगीकार सरोज पोखरेलको संगीत रहेको छ। सार्वजनिक भिडियोमा सम्राट दास, गीता ढुंगाना र सरीता ढुंगानाले फिचर्ड गरेका छन्।

‘आरती’ वेब सिरीज समेत निर्देशन गरेका युवा निर्देशक रोशन दासको कथा र निर्देशनमा रहेको यस म्यूजिक भिडियोलाई नितेश घतानले छायाँकन गरेका हुन्।

कमेडी च्याम्पियनबाट चर्चित भएका कर्म लामा र बालकलाकारद्वय सम्मान चौलागाईं र सनिपा गिरीको विशेष प्रस्तुतिमा रहेको ‘आदत’मा न्यारेशन विशाल भट्टराईले गरेका हुन्।

सरोज पोखरेल युट्युब च्यानलबाट सार्वजनिक भएको ‘आदत’मा त्रिकोणात्मक प्रेम कथा देखाएको छ। यो गीत प्रेमिल मन भएका श्रोतालाई मन पराउने र सुनी रहने आदत बसाल्ने विश्वास निर्माण टीमको रहेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button