नविन निर्भय यादव |
सप्तरी
सप्तरी। तिलाठी काेईलाडी गाउँपालिकाको एक समुदायिक विद्यालयकाे कक्षा ३ मा चार जना मात्रै विद्यार्थी अध्यनरत छन्।
यो पालिकाकाे वार्ड नम्बर ७ मा अवस्थित यो ख्याति प्राप्त श्रीलक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालयकाे कक्षा ३ मा चारजना विद्यार्थी मात्रै अध्यनरत छन् तर कक्षाको हाजरी पुस्तिकामा भने १३ जना विद्यार्थीकाे नामावली रहेको छ। कक्षा संचालनकाे समयवधिमा ३ देखि ४ जना विद्यार्थी मात्रै उपस्थित हुने गरेकाे एक शिक्षिकाले नाम नबताउने सर्तमा बताईन। सो विषयमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्था समितिसंग सम्पर्क गर्न खोज्दा बाहिर रहेकाे बताएका छन्।
१२ कक्षासम्म अध्यापन हुने यो सप्तरी जिल्लाकाे ख्याति प्राप्त विद्यालय हो। कुनै बेला यसै विद्यालयमा पठनपाठन गरेका र पटक- पटक नेपालको विभिन्न मन्त्रालयको मन्त्री भै सकेका र वहालवाला उप-प्रधान तथा स्वास्थ मन्त्री उपेन्द्र यादव र जनमत पार्टीको अध्यक्ष डा. सिके राउतले पनि यसै विद्यालयमा अध्ययन गर्नु भएको थियोे।










