पब्लिक प्रेस संवाददाता
कञ्चनरुप जेठ ३१ गते ।
नेपालकाे बार्यिक कुल बजेटकाे ७५ प्रतिशत रकम रेमिट्यान्सबाट भित्रिएकाे सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका जिल्ला संयाेजक राजेन्द्र यादवले बताए । उनले भने नेपालबाट बैदेशिक राेजगारमा जानेकाे संख्या बढेर गएपछि रेमिट्यान्समा वृद्धि भएकाे हाे ।
बिहिवार सप्तरीकाे कञ्चनरुप नगरपालिकाकाे १२ नम्वर वडाद्वारा आयोजित बैदेशिक राेजगार सम्बन्घी जनचेतनामुलक कार्यक्रममा प्रक्षिक्षण दिदै संयाेजक यादवले बैदेशिक राेजगारमा जानू पहिला भिसा, श्रम, प्रहरी रिपाेर्ट, पासपाेर्ट लगायत कागजातहरु चेक जाँच गर्नुपर्ने वानकारी गराए । बिदेश जादा सबै कागजातहरुकाे रेकर्ड घरमापनि आफन्तजनलाइ छाडेर जादा बिदेशमा कुनै संकट आए यहाबाट कानूनी प्रक्रीया गर्न सहज हुनेछ । यस्तै बिदेशमा कमाई गरेर घर पठाएका रममलाई आवश्यक्ता भन्दा बाहिर खर्च नगर्न सुझाव दिदै बित्तिय साक्षरता समेतमा यादवले जानकारी गराए ।
बैदेशिक राेजगारमा जान उचित हाे वा नजादा उचित हाे यी दुबै मध्ये कुनैमापनि हामी राम्राे भन्दैनाै यादवले भने हामी बैदेशिक राेजगारमा जान चाहानेलाई उचित सल्लाह सुझाव, कानूनी प्रावधान तथा बिदेशमा संकट परेकाहरुलाई उद्दारार्थ सहयाेग गर्दछाै । उनले भने जिल्लामा अहिलेसम्म २७ वटा शव बिदेशबाट ल्याउने कार्य भएकाे छ । जसमा सबैभन्दा बढी ११ वटा शव कञ्चनरुप नगरपालिकाकै रहेकाे उनले बताए ।
श्रम गरेर गएका र समय म्यादमै मृत्यु भएकाका परिवारजनलाई २१ लाखसम्म रकम उपलब्ध गराउने प्रावधान रहेकाे जानकारी दिदै यादवले भने सुरक्षित आप्रावासी हकहीत केन्द्रले याे कार्यकाे पहल गर्दै आएका छन । कार्यक्रमको अध्यक्षताको आसनबाट वडा १२ का अध्यक्ष देवि बहादुर खत्रीले बैदेशिक रोजगारमा गएर कमाएका रकमले उनको परीवारको भविश्य उज्ज्वल हुने दिगो ब्यवस्था भएमात्र बिदेश्को कमाइको उपलव्धी हुने बताए ।
वडा सदस्य जैनिद्दिन मिया, संचारकर्मी डम्बर राईले बैदेशिक राेजगारमा जानेले शिपमा दक्षतासंगै भाषामा पाेख्त हुन सुझाव दिए । यसका लागि उनिहरुले स्थानिय सरकारले ब्यवस्था मिलाउनुपर्नेमा जोडदिए । सुरक्षित आप्रवासन हकहित केन्द्रकि रेटर्नी राधा नेपाल, इन्द्रा राईले कार्यक्रमलाई प्रभावमारी भुमिका प्रदान गरेमा थिए । यस्तै प्रकाश पाेखरेल, राजेश चाैधरी, दिलिय मण्डलकाे सहयाेग रहेकाे आयोजकले जानकारी गराए ।










