समाचार

आधारभुत विद्यालयकाे शिलान्यास

नविन निर्भय यादव
सप्तरी।

सप्तरीकाे महादेवा गाँउपालिकाको आधारभुत विद्यालय दुई काेठे भवन एक समारोह वीच शुक्रबार शिलान्यास भएको छ।

महादेवा पालिका वाड नम्बर २ कजाेली स्थित श्री आधारभूत विद्यालयका दुई काेठे भवन मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति  सतिश सिंह र पालिका अध्यक्ष सुनिल कुमार मंडलले संयुक्त रूपमा शिलान्यास गरेकाे हाे।

शिलान्यास कार्यक्रममा मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंह , पालिका अध्यक्ष सुनिल कुमार मंडल,साेही वडाका वडा अध्यक्ष जागेश्वर इसर, शिक्षा इकाई प्रमुख शुबेन्द्र साह , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय नेता सुरेन्द्र यादव लगायतको उपस्थित रहेको थियो।
उक्त भवन मधेस प्रदेश शिक्षा मन्त्रालयद्वारा उपलब्ध गराएकाे २५ लाख रुपैयाको लागतमा निर्माण हुने भएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button