समाचार

पत्रकारहरुकाे जीवन स्तर उकास्न धेरैखाले अवधारणा एवं साेंच, बिचार ल्याएकाे: मन्त्री लेखी

पब्लिक प्रेस संवाददाता
राजबिराज | 

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले वर्तमानको अवस्थामा एआइ प्रविधि वरदान वा अभिसापकाे रुपमा स्थान पाइरहदाँ यसको सहि, व्यवस्थित र उचित प्रयाेगकाे लागि मधेस प्रदेश सरकारले सञ्चारकर्मीलाई अभिमुखिकरण दिन लागेको बताउँनु भयाे ।
साेमबार उहाँकाे गृह जिल्ला सप्तरीकाे राजबिराज स्थित हाेटल ग्रयाण्ड आश्राममा आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामद्वारा आयोजित साइबर सुरक्षा र एआइ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमलाई सम्वाेधन गर्दै मन्त्री लेखीले यस्ताे बताउँनु भएकाे हाे ।

उहाँले सप्तरीको पत्रकारहरुकाे जीवन स्तर उकास्न धेरैखाले अवधारणा एवं साेंच, बिचार ल्याएकाे जानकारी दिदै भने एकमात्र मधेश प्रदेश सरकारले पत्रकारहरुका लागि रू.लाख काे स्वास्थ्य एवं ७ लाखकाे दुर्घटना बिमा प्याकेज लागु गरेकाे छ ।
यस्तै मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयले विमा अन्तर्गतै सहिद परिवारलाई पनि स्वास्थ्य र दुर्घटना विमाकाे सुरूवात गरिएकाे छ भने दैवि प्रकाेप परिवारलाई राहात प्याकेजकाे पनि ब्यवस्था मिलाइने निर्णय भइसकेकाे जानकारी दिनुभयाे ।

मन्त्री लेखीले सञ्चारकर्मीहरूलाई प्रशिक्षणात्मक शैलीमा राजनीतिक समाचारलाई भन्दा सामाजिक गतिबिधि तथा जनहीतमा आधारित समाचार लेख्न आग्रह गर्नुभयो । याे कार्यक्रम मधेश प्रदेश सरकारले पहिलो पटक सप्तरीबाट शुरूवात गरेकाे बताउँनु भयाे ।

आमसञ्चार प्राधिकरणकाे अध्यक्ष श्यामसुन्दर यादवकाे अध्यक्षतामा संचालित अभिमुखिकरण कार्यक्रममा नेपालमै पहिलोपटक एआइ प्रयोग गर्ने जीवन भण्डारी र प्रकाश मैनालीले प्रशिक्षण दिनुभएकाे थियाे । साे कार्यक्रममा जिल्लाका ८० जना पत्रकारहरु सहभागी रहेका थिए ।

मधेस प्रदेशका पुर्व शिक्षा मन्त्री महेश कुमार यादव, प्रदेश सांसद किरण साह, सप्तरीका प्रमुख जिल्ला अधिकारी भाेला दहाल, नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष श्रवण देव र सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा लगायतका व्यक्तित्वहरुले मन्तव्य राखेका थिए ।

समन्वय नेपाल पत्रकार महासंघ सप्तरी शाखाले गरेकाे थियाे ।

 

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button