समाचार

किर्ते राजिनामा गराई मालपोतबाट जग्गा नामसारी गरिएको आरोप

पब्लिकप्रेस संवाददाता
पुस २,राजविराज । भुमि सुधार तथा मालपोत कार्यालय राजविराजमा घुसखोरी चरमचुलीमा रहेको आशंका बढेको छ।यसकारण त्यहाँ गैरकानुनी काम,कागज किर्ते र असहज सेवाप्रवाह हुने गरेको घटना बाहिरिने गरेको छ।
लेखापढी र कर्मचारीको मिलोमतोमा त्यहाँ घुसखोरी भइरहेको आशंका बढन थालेको हो।यसैबीच राजविराज नगरपालिका-१६ बस्ने ७० वर्षीया गिरिजावती दासकी नाममा रहेको २ कठा १३ धुर जग्गा किर्ते गरी नामसारी भएको घटना बाहिरिएसँगै सो कार्यालयमा घुसखोरी बढेको आशंका बढेको हो।
यद्यपि पीडित दासको उजुरी उपर जिल्ला प्रशासन कार्यालयले कारबाही प्रक्रिया बढाएको पीडितले बताइन्।जिल्ला प्रशासन कार्यालयले पुस २ गते नै मालपोत कार्यालयको नाममा आवश्यक कारबाहीका लागी पत्राचार गरिसकेका छ्न।
जिल्ला सप्तरी गा.बि.स.बोरिया-७ को कित्ता नम्बर ५० को उक्त क्षेत्रफल भएको खेतमा जग्गाधनी गिरिजावती दासले गहुँबाली लगाउन खोज्दा जिल्ला सप्तरी गा.बि.स.गोइठी-१ हाल राजविराज नपा-८ बस्ने पिताम्बर दासको छोरा संजय कुमार दासले यो जग्गा आफु खरिद गरिसकेको भन्दै रोक्न आएको विस्तृत व्यहोरासहितको उजुरी लिएर जिल्ला प्रशासन कार्यालय,सप्तरीमा उपस्थित भएका छ्न।
किर्ते गरी जग्गा पास गराइएको थाहा पाएपछि आरोपित दाससँग छलफल गर्दा उनले जग्गा फिर्ता गरिदिने आश्वासन पाएको बताउछिन् ।उनी भन्छिन् ,”संजय दासले तपाईंको जग्गामा मेरो कुनै लोभ छैन भनेका थिए ।उनले छठ पर्व पछी फिर्ता गरिदिने आश्वासन समेत दिएका थिए ।तर अहिले बोली फेरेपछि अप्ठेरोमा परेको छु।”
उनी आफ्नो नाम रहेको जग्गा राजिनामा लेखत गराई पास भएको थाहा पाएपछि आश्चर्यमा परेको बताउछिन् ।खेतमा गहुँ बाली लगाउन ट्याक्टर जोत्न आएपछि यस्तो खुल्न गएको भन्छिन् ।मेरै जग्गा मलाई आवाद गर्न रोकीपछि उनी वास्तविकता के रहेछ् भनी मालपोत गई हेर्दा थाहा पाएको बताउछिन् ।मालपोत कार्यालयको रसिद नं.१३२१ “ख”मार्फत मिति २०८१ भदौ ३० गतेमा राजिनामा लेखत पारित गराइ सकेको बताउछिन् ।उनी मालपोत कार्यालयमा राजीनामा लेखत गर्न उपस्थित नभएको बताउछिन् ।यसो भएपनि जग्गा नामसारी भएकोमा आश्चर्यचकित रहेको बताउछिन् ।
भु-सेवाबाट राजिनामा लेखत प्रिन्ट गर्नका लागि जग्गा धनि र भुः सेवा केन्द्रसंगै सहमतिको कागजमा सम्झौता भई मात्र प्रिन्ट गर्नुपर्ने हुन्छ । मालपोत कार्यालय सप्तरीमा जग्गा पास गर्न उनी उपस्थित भएको छैन। डोर खटि उनको घरमा कर्मचारी समेत नगएको बताउछिन् । DR गर्दा फोटो खिच्नु पर्ने र फिंगर प्रिन्ट लिनु पर्नेमा सो प्रक्रिया बिना नै जग्गा पास भएको बताउछिन् ।
आर्थिक वर्ष २०८१ को अनुसूचित १ भित्र बुँदा नं. ३ को बिबिध शीर्षकको पाना नं. ६९ मा दस लाख भन्दा बढी मोलको जग्गा हस्तान्तरण हुने भएमा निजको खातामा उक्त रकम जम्मा गरी भौचर पेश गर्नुपर्ने र लाभकर तिर्दा जग्गा तथा घर जग्गा निः संगमा भएको पुँजीगत लाभको घोषणा फारम भरी सो मा ऋणीको समेत हस्ताक्षर गर्नुपर्नेमा सो फारममा समेतमा उनले सहिछाप नगरेको बताइन् ।
यता आरोपित संजय कुमार दासले उक्त जग्गा कानुनसम्म्त खरिद गरिएको बताएका छ्न।उनका अनुसार गिरिजावतीको छोरा सचिन कुमार दासले उक्त जग्गा मलाई बेचेको बताए ।उनी १२ लाख बढी रुपैयाँमा सो जग्गा कानुनसम्मत खरिद गरिएको बताउँछन् ।उनले किर्ते गरी नामसारी भएको भनी आरोप मात्रै लगाइएको बताए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button