समाचार

नेकपा (एमाले) जिल्ला कमिटी सप्तरीकाे १० औ अधिवेशन सुरु

पब्लिक प्रेस संवाददाता
राजबिराज चैत्र २९ गते ।
नेकपा (एमाले) जिल्ला कमिटीमा कुनै अन्तरबिराेध नभएकाे पाेलिटब्युराे सदस्य सुमनराज प्याकुरेलले बताए । पार्टी जिल्ला कमिटी सप्तरीकाे अधिवेशनकाे पूर्व सन्ध्यामा हामीहरू छाै नेता प्याकुरेलले भने ३० र ३१ गते पार्टी कार्यालय मदननगरमा हुने १० औ जिल्ला अधिवेशनकाे पूर्ण तयारी भइसकेकाे छ ।

शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनकाे आयोजना गरि नेता प्याकुरेलले यस्ताे जानकारी दिएकाे हाे । पूर्व घाेषित निर्णयानुसार जिल्लाकाे अधिवेशनका लागि सम्पूर्ण प्रक्रिया पूरा गर्ने पार्टीका स्थानिय नेता तथा कार्यकर्ताहरूकाे याेगदानकाे उनले कदर गरेे । पार्टीमा सबै एकैखालका हुदैनन् उनले भने जिम्मेवारी पाएर पनि काेही काममा ढिलासुस्ती गर्ने खालका हुन्छन् ।

उनले भने जिम्मेवार अनुसार काम नगरेतापनि त्यस्ता ब्यक्तीले काम गर्ने ब्यक्तीकाे बिराेध गर्नु भएन र काम गर्न बाधा अडकाउ गर्नुपनि भएन । केही नेताहरूले जिल्ला अधिवेशनलाई सहयाेग गर्ने भन्दापनि बाधा अडकाउ गर्ने खेलमा लागेकाे नेता प्याकुरेलले बताए ।
जसरीपनि जिल्ला अधिवेशन सम्पन्न गर्नु छ यसमा सबैकाे साथ सहयाेग अपरिहार्य रहेकाेले यतिबेला आ आफ्ना जिम्मेवारी अनुसार काममा जुटौ म यहि अनुराेध गर्दछु उनले पत्रकार सम्मेलनमा खुलाए । साे अवसरमा पार्टीका केन्द्रीय सदस्यद्वय राज कुमार लेखी, सरीता गिरी, प्रदेश कमिटीका जिम्मेवार र जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरूकाे सहभागिता थियाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button