समाचार

धनुषामा सयाैं एमालेमा प्रवेश

पब्लिक प्रेस संवाददाता
धनुषा |

धनुषाको बटेश्वरमा बिभिन्न पार्टी परित्याग गरि सैयाैकाे संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार आयोजित एक कार्यक्रमकाेबीच नेकपा एकीकृत समाजवादीका सय, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट १ सय ५० जना एमालेमा प्रवेश गरेकाे बटेश्वर पालिका एमाले अध्यक्ष राम खेलाैन महत्ताेले जानकारी दिएकाे छ ।

महत्ताेकाे अनुसार, एकीकृत समाजवादी पार्टीबाट प्रदेश कमिटी सदस्य तथा पूर्व पालिका उपाध्यक्ष प्रमिला महतो, गाउँपालिका अध्यक्ष रामाषिस महताे, जिल्ला सदस्यद्वय राजकुमार महताे र राजकुमार सिन्हा लगायत एकीकृत समाजवादीका सयकाे हाराहारीमा छन् । यस्तै नेपाली काँग्रेस माओवादीका अग्रज नेता एवं कार्यकर्ताहरू छन् ।
उनिहरूलाई नेकपा एमाले केन्द्रीय सचिव एवम् पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ, पोलिटिब्यूरो सदस्य जुली महत्ताे, केन्द्रीय सदस्य एवं मधेस प्रदेशका प्रमुख सचेतक माननिय हरिनारायण महत्ताेले अविर टीका, खादा र माला लगाई स्वागत गरेमा थिए ।

साे समाराेहमा नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव, क्षिरेश्वरनाथ नगरपालिका मेयर सुखदेब यादव लगायत सहभागि थिए । साथै एमाले पालिका अध्यक्ष रामखेलाैन महत्ताेको अध्यक्षतामा कार्यक्रम समापन भएकाे थियाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button