समाचार

कट्टी सेन्टरमा केन्द्रअध्यक्षकाे सेन्डीकेटमा चिट चोरी

पब्लिक प्रेस ।

सप्तरी जिल्लाको तिलाठी काेईलाडी गाउपालिका वाड नम्बर ७ स्थित मा वि बभनगामा कट्टी  see परिक्षा  केन्द्रमा  शिक्षा प्रणालीसंग सम्बन्धित गम्भीर आरोपहरू सार्वजनिक भएका छन्।

शिक्षा संयोजकहरूले अनुगमन प्रक्रियालाई कमजोर पार्न, विद्यालयका केन्द्राध्यक्षलाई सतर्क रहनका लागि सूचना पठाउँदै आएको एक स्रोतले दाबी गरेको छ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार अनुगमन टोलीको गाडी नहरको डिलमा देखिने बित्तिकै, बाहिर रहेका शिक्षा संयोजकहरूले केन्द्राध्यक्षलाई ‘सेन्डीकेट छोड्ने’ खबर पठाउँछन्। यसले गर्दा नकली र फर्जी विद्यार्थीहरूलाई शौचालय जस्ता स्थानमा लुक्ने मौका दिने गरेको स्रोतले उल्लेख गरेको छ। त्यस्ता नकली परिक्षार्थीहरूले खुलेआम बेन्चमा बसेर लेख्ने काम गर्छ ।

यसै घटनासँग सम्बन्धित जानकारी लिन खोज्दा केन्द्रध्यक्ष विपिन झाले के गर्ने भन्दे फाेन सम्पर्कबाट सम्पर्क बिछेद भयाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button