समाचार

डाक्नेश्वरीकाे वडा १ र ४ मा वडाध्यक्ष पदकाे उप निर्वाचन सम्पन्न

डाक्नेश्वरीकाे वडा १ र ४ मा वडाध्यक्ष पदकाे उप निर्वाचन सम्पन्न
कुल मतकाे ७१.८१ प्रतिशत मत खस्याे

पब्लिक प्रेस संवाददाता
राजबिराज मङ्सिर १६ गते ।
सप्तरीकाे डाक्नेश्वरी नगरपालिकाकाे वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदकाे उप निर्वाचन सम्पन्न भएकाे छ । आइतबार बिहान ८ बजेदेखी सुरू भएकाे मतदान बेलुका ५ बजेसम्म मत खसेकाे निर्वाचन कार्यालयले जानकारी दिएकाे छ ।

प्राप्त जानकारी अनुसार, वडा नम्बर १ मा माबि कबिलाशा, राप्राबि बलाटी गरि दुइवटा मतदान केन्द्र र वडा नम्बर ४ काे राप्रपा भुतहीमा एउटा मतदान केन्द्र रहेकाे थियाे । वडा नम्बर १ काे कबिलाशा माबिमा १ हजार १ सय ७ मत खसेकाे छ भने राप्राबि बलाटीमा ७ सय ३८ मत खसेकाे छ । यसैगरी वडा नम्बर ४ काे राप्रबि भुतही ९८६ मत खसेकाे छ । कुल मत ३ हजार ९ सय ४२ मत रहेकाे थियाे । कुल मतकाे ७१.८१ प्रतिशत मत खसेकाे हाे ।

कबिलाशा माबि मतदान केन्द्रमा जम्मा मत संख्या १ हजार ५ सय ४९ थियाे भने राप्रबि बलाटी मतदान केन्द्रमा एक हजार ७४ मत संख्या रहेकाे थियाे
। जसमध्ये कबिलाशा माबि मतदान केन्द्रकाे “क” मा पुरूषतर्फ २ सय ५५, महिलातर्फ २ सय ९९ र साेही केन्द्रकाे “ख”मा पुरूषतर्फ २ सय ८३ र महिलातर्फ २ सय ७० मत खसेकाे छ । वडा नम्बर ४ काे भुतही राप्रबिकाे” क” मा पुरूषतर्फ २ सय ७४, महिलातर्फ १ सय ९९ र “ख” मा पुरूषतर्फ २ सय ४१, महिलातर्फ २ सय ७२ मत खसेकाे हाे । खसेकाे मतकाे आकडानुसार दुइवटै वडामा गरेर पुरूषतर्फ १ हजार ३ सय ८० र महिलातर्फ १ हजार ४ सय ५१ गरि जम्मा २ हजार ८ सय ३१ मत खसेकाे निर्वाचनअधिकृत दीपक कुमार दाहालले जानकारी दिएका छन् ।

वडा नम्बर १ र ४ मा बरावरी ८ / ८ उम्मेदवार प्रतिस्पर्धामा छन् । वडा नम्बर १ का वडाध्यक्ष प्रीतमलाल चाैधरी र ४ का हरीरायकाे निधन भएपछि वडाध्यक्ष पद रिक्त रहेकाे थियाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button