समाचार

डाक्नेश्वरीकाे वडा नम्बर ४ का वडाध्यक्ष पदमा संजयकाे जित सुनिश्चित

डम्बर राई
कञ्चनरूप मंसीर ९ गते ।

सप्तरीकाे डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ निवासी संजय कुमार यादव यतिबेला जनताकाे घरदैलाेमा छन् । वडाध्यक्ष पदका उम्मेदवार बनेर यादव मत माग्दै जनताका घरदैलाेमा पुगेका हुन् ।

बिधार्थीकालदेखि नै कम्युनिष्ट बिचारधाराका यादव त्यसबेलाका कृष्णराज बर्मा समूह( क्रस खुकुरी चिन्ह) मा आवद्ध भई राजनैतिक गर्दै आएका थिए । राजनैतिकसंग संगै बिएसी, बिएड गरेर उनी शिक्षण पेशामा आवद्ध हुन पुगे । जिल्लाकै बाेदेबरसाइन नगरपालिका स्थित मानराजा माध्यमिक बिधालयबाट सुरू गरेर उदयपुरहुँदै बर्दीया जिल्लासम्म २७ बर्ष शिक्षकमा कार्यरत रहे ।

साविक गाविस भुतही वडा नम्बर १ हाल डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ भुतही टाेलमा बुबा असर्फी यादव र माता अमलादेवीकाे काेखबाट २०२१ साल बैशाख १ गते भुतहीमा जन्मिएका यादव हरेक क्षेत्रमा समाजका प्रतिष्ठित ब्यक्तित्वकाे रूपमा देखिएकाे स्थानियहरूकाे भनाई छ । यादवकाे माइला भाई शिक्षक नै छन् र कान्छा भाई ईन्जीनियर हाे । ४ बर्ष अगाडीमात्र शिक्षकबाट अवकाश पाई गाउँघरमै समाजकाे सेवा गर्दै आएका यादव ठाेकुवा दिएर भन्छन् म वडाध्यक्ष पदमा निर्वाचित हुनेछु । किनभने मैले यस वडामा समाजका लागि बिश्वास दिलाएकाे छु र समाजले पनि मप्रति बिश्वास गर्ने ठाउँहरू छन् यादवले भने मंसीर १६ मा हुने उप निर्वाचनमा यस वडामा वडाध्यक्ष पदमा मेराे बिकल्प छैन ।

म नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मार्क्सवाद लेलिनवाद)काे उम्मेदवार सहित विभिन्न पार्टीका गरि ८ जनाकाे वडाध्यक्ष पदका उम्मेदवार मध्ये जनताकाे मन र मष्तिष्कमा बसेकाे याेग्य ठहर छु । त्यसैले मेराे चुनाव चिन्ह सूर्यछापमा अत्याधिक मत आउछ उनले दावीका साथ भने ।
शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रकाे समस्या हल गर्दै आधुनिकिकरण लागु गर्ने तथा प्रभावकारी काम लगायत बाटाे, सडक, पुल, कल्भट जस्ता जिर्णाेद्वार कार्यलाई पूरा गरि टाेल बिकास साथसाथै बेराेजगारी महिला, युवाका समस्यालाई समाधान तर्फ बिकल्प ल्याउने उदेश्यले मेराे उम्म्दवारी हाे उनले बताए । वडामा सा- साना र न्युनतम कामहरू समेत अगाडीका वडाध्यक्षले गर्न नसकेकाेले यहाँका जनताहरू उपेक्षित बन्दै गए।
अन्य पालिकामा धेरै बिकास भएका छन् त्यसकाे कारण हाे त्यहाँ शिक्षित र याेग्य ब्यक्तिले जीत हासील गर्नु हाे उनले भने जसले समाजमा म केही गर्छु, ठाउँकाे नाम राख्छु, ताकी स्थानिय जनताले मरणाेप्रान्त सम्झाेस् भनी याेजना निर्माणमा दिमाग चलाउन सक्ने क्षमतावान साेच र बिचार लिन्छ उसलेमात्र राम्राे काम गर्छ ।

यहि बिचारधारा मसंग भएकाे र म प्रथम पटक जनप्रतिनिधिकाे रूपमा उभिएकाेले स्थानिय जनताकाे बिश्वास म माथि रहेकाे हाे उनकाे ठहर छ । यस वडामा ३ सय घरधुरीमा १३१९ भाेटर संख्या छन् । २०७९ काे स्थानिय निर्वाचनबाट यहाँ नेपाली काँग्रेसका हरीराय बिजयी भएका थिए । उनकाे असमायिक निधन भएपछि वडाध्यक्ष पद रिक्त रहेकाे थियाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button