समाचार

राेकिएन प्रहरी दमन, पत्रकारमाथि प्रहरी अत्याचार कायमै

पब्लिक प्रेस संवाददाता
राजबिराज कार्तिक ०३ गते ।

पत्रकारमाथि प्रहरी दमन,अत्याचार,धडपकड, ज्यादती लगायत गुण्डागर्दी कार्य हुँदै आएको पछिल्लाे पटक सिरहामा पून: प्रहरीले घटना गरेका छन् । प्रेस चाैतारी नेपाल सिरहा शाखाका सदस्य एवं दस्तक खबरका सञ्चालक सञ्चारकर्मी बिजय साहलाई पक्राउ गरेकाे छन् ।

पक्राउ गरे लगत्तै प्रेस चाैतारी नेपाल शाखा सिरहाले प्रेस बिज्ञप्ती जारी गरेर घटनाकाे घाेर भर्त्सना समेत गरेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएका प्रहरीले शुक्रबार दिउसाे अढाई बजेकाे समयमा लहान स्थित दस्तक खबरकाे कार्यालयमा काम गरिरहेकाे अवस्थामा पक्राउ गरेकाे थियाे ।
घटनाले पत्रकारिताकाे स्वतन्त्रता र अभिब्यक्तिकाे अधिकारमा गम्भीर हानी पुर्याएकाे संगठनले ठहर गर्दै सहि सत्य कार्य तथा दिशा निर्देश गरि समाचार लेख्दा उल्टै प्रहरीले पक्राउ गर्नु भनेकाे समाजमा प्रहरीले अश्लिलतालाई बढवा दिएकाे बिज्ञप्तीमा उल्लेख छ ।

अध्यक्ष शिव कुमार साहद्वारा हस्ताक्षरित जारी बिज्ञप्तीमा बिजय साह सधै सत्यकाे पक्षमा आवाज उठाउदै आएकाछन् । पत्रकार साहले नेपालीहरूकाे महान् चाड बडादशैकाे अवसरमा लहानकाे प्रसिद्ध र पवित्र दुर्गा मन्दिरमा आयोजना गरिएको मनाेरञ्जनात्मक कार्यक्रममा प्रस्तुत गरिएकाे अश्लिल नृत्य र उछृङ्खल कार्यलाई लक्षित गरि समाचार सम्प्रेशण गरेकाे थियाे । सहि, सत्य र सचेतनामुलक संदेश प्रवाह गर्दै समाजमा भइरहेकाे नकरात्मक गतिविधीलाई राेक्न सम्बद्ध निकायलाई सचेत गराउन लेखिएकाे समाचारलाई लिएर त्यस कार्यालयका प्रमुख डिएसपी बिष्णु प्रसाद साेतीले गरेकाे दमन कार्यले लाेकतन्त्रकाे मूल्य मान्यतालाई कमजाेर बनाएकाे बिज्ञप्तीमा लेखिएकाे छ ।

पत्रकारिताकाे क्षेत्रमा कार्यरत ब्यक्तिहरूलाई दमन गरेर प्रेस स्तन्त्रताकाे हनन् गरी स्वतन्त्रता पूर्वक समाचार सम्प्रेशणमा धज्जा उडाएकाे बिज्ञप्तीमा उल्लेख गर्दै आइन्दा यस्तो नगर्न नगराउन सरकार र सम्बद्ध निकायलाई अनुरोध समेत गरेका छन्। साथै सञ्चारकर्मी बिजय साहलाई तुरन्त नि:शर्त रहा गर्न आग्रह गरेका छन्। प्रेस स्वतन्त्रता प्रतिकाे दमनकारी कार्यकाे बिरूद्ध ठाेस कदम चाल्न हामी सबै पत्रकार, नागरिक समाज र अधिकारकर्मी तथा मानव अधिकारका पक्षधरहरूलाई एकजुट हुन र यस मुद्धामा आवाज उठाउन बिज्ञप्ती मार्फत आग्रह गरेका छन् ।
प्रहरी दमन मुर्दावाद, प्रहरी ज्यादती बन्द गर, प्रेस स्वतन्त्रताकाे रक्षा गर, स्वतन्त्ररुपमा पत्रकारलाई कलम चलाउन दे, पत्रकार साहलाई नि:शर्त रिहा गर लगायत नारा लगाउदै शनिवार राष्ट्रिय युवा संघ नेपाल सिरहाले लहान मुख्य चाैकमा आधाघन्टा सडक अवरुद्ध गरेका थिए ।

यस घटनालाई प्रेस चाैतारी नेपाल केन्द्रिय समिति,प्रदेश समिति समेतले विज्ञप्ति जारी गरि निन्दनीय घाेर भर्त्सना गरेकाछन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button