समाचार

सप्तरीमा उप निर्वाचनका लागि आचारसंहिता बन्यो

पब्लिक प्रेस संवाददाता
राजबिराज मंसीर ६ गते ।

यहि मंसीर १६ गते हुन गइरहेकाे उप निर्वाचनका लागि सप्तरीमा आचारसंहिता सम्बन्धी छलफल भएकाे छ । बिहिबार डाक्नेश्वरी नगरपालिका १ मधुबनी स्थित स्थानिय उपनिर्वाचन कार्यालयमा छलफल तथा अन्तरक्रीया कार्यक्रम भएकाे हाे ।

सप्तरी जिल्ला अदालत राजविराजका माननीय न्यायाधीश (मुख्य निर्वाचन अधिकृत)दीपक कुमार दाहाल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाली सेना बरख गणका प्रमुख सेनानी रमेश पाण्डे, जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाकाे उपस्थिति थियाे ।

यसैगरी सशस्त्र प्रहरी गण नं. ६ का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धान बिभाग सप्तरीका उप-अनुसन्धान निर्देशक सुरेन्द्र कोईराला, स्थानिय उम्मेदवारहरू लगायत उपस्थिति रहेकाे निर्वाचन कार्यालय सप्तरीले जनाएकाे छ । जिल्लाकाे डाक्नेश्वरी नगरपालिकाकाे १ र ४ नम्बर वडामा वडाध्यक्ष पदका लागि उप निर्वाचन हुँदैछ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button