समाचार

कर्मचारी निर्धारित समयसम्म चाैकीमा नबस्दा सेवाग्राहीहरू मारमा

नविन यादव 
राजबिराज

सप्तरीकाे राजबिराज नगरपालिका १० स्थित दिघवा टाेलमा संचालित स्वास्थ्य चाैकीले बिरामीलाई सेवा दिन नसकेकाे सेवग्रागीहरूले आरोप लगाएका छन् । यस चाैकीमा कार्यरत कर्मचारीहरू समयमा नआउने अनि समयसम्म नबस्ने स्थानिय सेवाग्रहीहरूले पब्लिक प्रेस दैनिकलाई बताए ।

स्थानिय जनगुनासाेकाे आधारमा पब्लिक प्रेस दैनिकका संवाददाता समाचार संकलनका लागि बुधबार अपरान्ह साढे तीनबजे त्यस कार्यालय पुग्दा कार्यालय बन्द भइसकेकाे थियाे । स्थानिय रवन यादवसंग बुझ्दा यस चाैकीमा २ बर्षदेखि कर्मचारीहरू कतिबेला आउछन् र जान्छन् त्यो मनपर्दी छ । ३ बजे पहिला नै चाैकी बन्द गरेर कर्मचारीहरू कुलेलाम ठाेक्छन् यादवले भने हामी स्थानिय सेवाग्राहीले जति नै बाेलेपनि सुनवाई गर्दैन यहाँका कर्मचारीहरूले !
यस वारे वडा अध्यक्ष गंगाराम खंग भन्छन्, स्थानियले जे भन्याे सही भन्याे, कर्मचारीकाे याे मनपरी रवैयाकाे जानकारी स्वास्थ्य संयाेजक र कार्यावाहक नगरप्रमुख इसरत परविन खातुनलाई समेत पटक पटक जानकारी दिएकाे छु तर मेराे कुरामा चासाे दिएन । वडाध्यक्ष खंगले आफै पिडित रहेकाे गुनासाे गरे ।

सरकारी कर्मचारीले बिहान १० बजे कार्यालय आउने र लामो दिन यधपी फागुन १५ गतेदेखी कार्तिक १४ गतेसम्म ५ बजेसम्म काम गर्नुपर्ने र कार्तिक १५ देखि फागुन १४ गतेसम्म ४ बजेसम्म कार्यालय खुल्ला रहने समयतालिका निर्धारण गरिएकाे छ ।

यस चाैकीका ईन्चार्ज मिथलेश यादव र स्वास्थ्य संयाेजक निरञ्जन प्रसाद यादवलाई माेबाइल मार्फत सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

मिथलेश यादव( ईन्चार्ज ), नरेश साह, विरेन्द्र साह, प्रेम शिला साह र रेखा साह गरि ५ जना कर्मचारीहरू कार्यरत छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button