पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
सप्तरी प्रहरीले चोरी मुद्दाका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेनमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का धर्मेन्द्र शम्भु कुमार मुखिया भन्ने अमरेन्द्र मुखिया रहेको हो ।
उनलाई इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले खोजतलास गरि मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले एक प्रेस विज्ञाप्ति जारी गर्दै जानकारी दिए ।
जिल्ला अदालत राजविराजले उनलाई दोषी ठहर गर्दै एक महिना ६ दिन कैद र १० हजार जरिवाना तोकीपछि फरार भएका थिए । उनलाई जिल्ला अदालत राजविराजमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकृत प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिए ।









