समाचार

प्रेस चाैतारी नेपालद्वारा ताेकिएकै मितिमा महासंघकाे निर्वाचनकाे माँग

पब्लिक प्रेस संवाददाता
राजबिराज भदाै २५ ।

प्रेस चाैतारी नेपाल केन्द्रीय समितिले नेपाल पत्रकार महासंघकाे निर्वाचन ताेकिएकै मितिमा हुनुपर्ने जाेड दिएकाे छ । चाैतारीका महासचिव हिरामान लामाले मंगलवार जारी गरेकाे बिज्ञप्तीमा कुनैपनि घटनाक्रमबाट प्रभावित नभई घाेषित मिति असाेज ५ गते निर्वाचन सम्पन्न गर्ने गरि कार्यतालिका प्रकाशन लगायत आवश्यक सम्पूर्ण प्रकिया अगाडि बढाउन सम्बद्ध सबै पक्षलाई प्रेस चाैतारी नेपालले अपिल गरेकाे उल्लेख छ ।

असाेज ५ गते मिति तय भएकाे निर्वाचनकाे पूर्वसंध्यामा महासंघका अध्यक्ष विपुल पाेखरेलकाे राजिनामा र त्यससंगै विकसित घटनाप्रति चाैतारीकाे गम्भीर ध्यानाकार्षण भएकाे प्रेस बिज्ञप्ती मार्फत जनाइएकाे छ । बिज्ञप्तीमा भनिएकाे छ यस घटनाका पछाडीका कारण र रहस्य समयक्रममा उद्घाटित हुँदै जाने नै छ ।
पटक पटक निर्वाचन स्थगित भई अन्याैल उत्पन्न भएकाे स्थितिमा महासंघ र सराेकारवाला संगठनहरुबीच भएकाे समझदारी अनुसार पछिल्लाे पटक असाेज ५ गतेका लागि निर्वाचनकाे मिति तय भएकाे उल्लेख छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button