समाचार

कमसल काम गरेर बजेट रकम हत्याउने वडाध्यक्षको दाउपेच

पब्लिक प्रेस संवाददाता
राजबिराज साउन २१ गते ।

सप्तरीकाे तिलाठी काेईलाडी गाउँपालिकाकाे विभिन्न योजनाको काममा कमसल काम गरेको ७ नम्वर वडा अध्यक्ष हरिनारायण मंडललाई आरोप लागेको छ ।

साेहि वडाका सडेपारटाेलकाे पश्चिम पट्टि मुस्लिम टाेलकाे आरसिसि ढलानमा वडा अध्यक्ष मंडलले कमसल काम गराएर बजेट रकम झ्वाम्म पारेकाे निवर्तमान वडा अध्यक्ष गुलाब सिहकाे आरोप छ । उनको आरोप अनुसार वडास्तरका जनप्रतिनिधिहरू समेतकाे तालमेलमा अनियमिता गर्न खाेजेकाे हाे ।

वर्तमान वडा अध्यक्ष मंडलले हाम्राे घरकाे छेउमा वडा सिलिङ्गकाे ९ लाखकाे बजेटबाट काम गराएर भुक्तानी समेत दिए उनले भने त्याे काम गुणस्तरहीन छ, काम गरेकाे१५ दिन मात्र बित्दैछ तर ढलान चर्किन थाल्याे । काम गर्नका लागि राखिएकाे बालुवा,सिमेन्ट सबै जथाभावी फालिएकाे अवस्थामा छ । त्याे सरसमानकाे संरक्षण गर्ने दायित्व वाेध जनप्रतिनिधिहरुमा देखिएन यसकाे जिमेमेवारी कसले लिने ? यस्ताे सवाल छ पूर्व अध्यक्ष सिंहकाे ।

उता यस विषयमा वर्तमान वडा अध्यक्ष मंडलले भने याे ९ लाखकाे आरसिसि ढलान काम अहिले सम्पन्न भइसकेकाे छैन । लम्बाई सयमिटर,चाैडाई ३ मिटर र माेटाई ६ ईन्चीकाे याे निर्माण कार्यमा कतै कमि कमजोरी भएकाे मंडलले स्वीकार गर्दै भने काम सम्पन्न भएपश्चात टिक्का टिप्पणी गर्नु उचित हुन्छ अहिले हाेइन काम बाँकी छ । मैले वडाकाे कुनैपनि काममा कमिसन लिएर कमसल काम गरेकाे छुइन, जुन म माथि आराेप लगाए त्याे सरासर गलत हाे मंडलले थपे । काेटेशनमा रहालु ठाकुरलाई उक्तकाम दिएकाे बताउदै, काम सम्पन्न भएपश्चात मात्र भुक्तानी मिल्ने उनले बताए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button