समाचार

सप्तरीको फकिरामा आगलागी: तीन लाख बराबरको क्षति

पब्लिक प्रेस ।

सप्तरी जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ६ स्थित आईतबार फकिरा निवासी कपलेश्वर यादवको गोठमा थ्रेशरबाट अचानक आगो सल्किन गई आगलागी भएको छ। यस घटनामा गोठ घर, दाउरा राख्ने घर, घरभित्र रहेको धान १० कुन्टल, बैल गाडा १ थान, र पानी तान्ने पम्प सेट १ थान जलेर नष्ट भएको छ। आगलागीबाट करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।

मानवीय र चौपाय क्षति नभएको पुष्टि

सौभाग्यवश, यस घटनामा कुनै मानवीय वा चौपाय क्षति नभएको पुष्टि भएको छ। आगो नेपाल प्रहरी, राजविराज नगरपालिका दमकल, र स्थानीय बासिन्दाको सहयोगमा बिहान ११:३० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button