प्रतिनिधिसभा निर्वाचन

निर्वाचन खर्च विवरण सार्वजनिक स्वतन्त्र उम्मेदवार रिजवाना खातुन

पब्लिक प्रेस ।
राजविराज, चैत — सप्तरी जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएकी स्वतन्त्र उम्मेदवार रिजवाना खातुनले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्दै सम्बन्धित निकायमा पेश गरेकी छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताअनुसार खातुनले निर्वाचन अवधिमा गरेको सम्पूर्ण खर्चको विवरण औपचारिक रूपमा प्रस्तुत गरेको जनाएकी छन्।


उक्त विवरण श्री निर्वाचन आयोग, काठमाडौं तथा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको हो। सार्वजनिक गरिएको खर्च विवरणमा विभिन्न शीर्षकअन्तर्गत गरिएको खर्च समेटिएको छ भने कुल खर्च रु. ५ हजार उल्लेख गरिएको छ।
उम्मेदवार खातुनले तोकिएको कानुनी प्रक्रिया र मापदण्डअनुसार पारदर्शी रूपमा खर्च विवरण सार्वजनिक गरेको बताउँदै निर्वाचन प्रणालीलाई स्वच्छ र विश्वसनीय बनाउन यस्ता अभ्यास आवश्यक रहेको उल्लेख गरेकी छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button