प्रहरी प्रशासनसमाचार

सशस्त्र प्रहरीको सक्रियताले चार बालबालिका सकुशल उद्धार

नविन निर्भय यादव ।
सप्तरी, भारदह।
सप्तरीको तिरहुत गाउँपालिका–३ गोईठीबाट हराएका चार जना बालबालिकालाई सशस्त्र प्रहरीले देखाएको सक्रियता, सतर्कता र समयमै गरिएको समन्वयका कारण सकुशल उद्धार गरिएको छ।
पौष ६ गते अपराह्न करिब ४ बजे घरबाट कसैलाई जानकारी नदिई निस्किएका चार जना बालबालिका लामो समयसम्म घर नफर्किएपछि परिवारजन चिन्तित बनेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भारदह र सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस भारदहले संयुक्त रूपमा खोजतलास अभियान सञ्चालन गरेका थिए।
खोजतलासकै क्रममा पौष ७ गते बिहान करिब ७ः५५ बजे हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेज क्षेत्रमा सशस्त्र प्रहरी नायब निरीक्षक बेचु कुमार बस्नेतको कमाण्डमा खटिएको ५ जनाको चेकपोष्ट टोलीले उच्च सतर्कताका साथ निगरानी गर्दै बालबालिकाहरूलाई भारदहतर्फबाट कोशी ब्यारेजतर्फ पैदल जाँदै गरेको अवस्थामा फेला पारेको हो।

सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय भारदहबीच गरिएको प्रभावकारी समन्वयका कारण बालबालिकालाई तत्काल सुरक्षित रूपमा इलाका प्रहरी कार्यालय भारदह ल्याई राखिएको थियो। त्यसपछि उनीहरूका बुवा–आमालाई बोलाई बिहान ९ः३० बजे बालबालिकालाई सकुशल परिवारको जिम्मा लगाइएको छ।

स्थानीयवासी तथा बालबालिकाका अभिभावकहरूले सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले देखाएको जिम्मेवार भूमिका, सतर्कता र मानवीय संवेदनशीलताको खुलेर प्रशंसा गरेका छन्। प्रहरीको तत्परता नदेखिएको भए ठूलो जोखिम हुन सक्ने भन्दै नागरिकहरूले सुरक्षा निकायप्रति विश्वास अझ बलियो बनेको प्रतिक्रिया दिएका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button