समाचार

कञ्चनरुपमा १० औ नगरसभा सम्पन्न,

पब्लिक प्रेस संवाददाता

कञ्चनरुप साउन १६ गते ।

सप्तरीकाे कञ्चनरुप नगरपालिकाकाे १० औ नगरसभा बजेट तथा कार्यक्रम सम्पन्न भएकाे छ । बुधवार आयोजित सभाले आर्थिक वर्ष २०८१/०८२ काे लागि ७६ कराेड त्रियानब्बे लाख ५० हजार एक सय रुपैया अनुमानित आय सार्वजनिक गरेको छ ।

पालिकाकाे कार्यक्रम परियाेजना अनुसार बिषयगत शाखा अनुसार बजेट विनियाेजनमा ४० कराेड ४० लाख ५० हजार ६ सय रुपैयाँ उल्लेख गरिएकाे छ । १२ वटै वडाका लागि ७ कराेड रुपैया छुट्टयाइएकाे छ । यस्तै नगर स्तरिय याेजनामा ३ कराेड ८२ लाख छ भने बिषयगत शाखाकाे बजेट ४ कराेड ९४ लाख ३४ हजार ४ सय १४ रुपैयाँ छ ।

समपुरक रकम ४ कराेड प्रशासकीय भवन र अस्पताल ब्यवस्थापनमा ५० लाख, कार्यालय संचालन खर्च तर्फ १५ कराेड ४३ लाख २० हजार, क्रमागत याेजनामा १ कराेड ५६ लाख ३७ हजार २ सय ९७, दायित्व भुक्तानी १ कराेड ३८ लाख २० हजार ३ सय तीन रहेकाे छ । यस्तै वडागत क्रमागत याेजना तर्फ १ कराेड २६ लाख ३८ हजार ५ सय ८६, प्राथमिक स्वास्थ्य केन्द्रकाे माथिल्लाे तल्लाकाे अधुराे भवनकाे स्तराेन्नति बिषेशमा ३० लाख र चिल्ड्रेन पार्क नजिक आरसिसी ढलान वडा नम्वर ५ समपुरकमा २० लाख बजेट छुट्टयाइएकाे छ । पालिकाले गत आव २०७९/०८० को भुक्तानी हुन बाँकी दायित्वमा ३४ लाख ३० हजार ७ सय १० रुपैया प्रतिवेदनमा उल्लेख गरेकाे छ ।

यस बाहेक युवा शसक्ती कार्यक्रम, महिला तथा बालबालिकाका हीतमा विशेष कार्यक्रम, शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलाे प्राथमिकतामा राखी काम गर्ने नगर प्रमुख ललन प्रसाद गुप्ताले बताउनु भयाे । आव २०८१/ ०८२ को विनियाेजन विधेयक २०८१ र आर्थिक विधेयक २०८१ काे कार्यक्रम तथा निर्णय प्रस्तुत गर्दै नगरप्रमुख गुप्ताले कुनैपनि बिकास कार्य र सामाजिक क्षेत्रमा काम गर्दा ताेकिएकै बमाेजिम काम गरिने बताउनु भयाे । बिवेध तथा मतभेदकाे शैलिमा कुनैपनि वडामा काम नगर्न । नगराउन सुझाव समेत दिनुभयाे ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button