समाचार

लौनियामा राजनीतिक एकताको सन्देशसहित अन्तरक्रिया कार्यक्रम

पब्लिक प्रेस।

सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ स्थित लोनिया भगवती मन्दिर प्राङ्गणमा बुधबार पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा करिब ३६० जनाको सहभागिता रहेको कार्यक्रममा पूर्व मुख्यमन्त्री शतिष कुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो।                   कार्यक्रमको अध्यक्षता स्वाभिमान पार्टीका राष्ट्रिय संयोजक सत्यमान कुमार सिंहले गर्नुभएको थियो। अतिथिमा स्थानिय युवा नेता शिवनाथ यादव, पुर्व राजपा कि संसदीय दुलारी खङ क्षेत्रीय अध्यक्ष महेंद्र खंग, जनमत पार्टीका श्रिराम मण्डल र गजेन्द्र मण्डललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


कार्यक्रमका क्रममा विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा नेता–कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि स्वाभिमान पार्टीमा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका २५ जना, नेपाली कांग्रेसका १५ जना , जसपा नेपालका ३० जना , बाकि जनमत दलका नेता–कार्यकर्ता पार्टी प्रवेश गरेका हुन । (पूर्व राजपाकी सांसद दुलारी खंगसहित विभिन्न पार्टी परित्याग गरी स्वाभिमान पार्टीमा प्रवेश गरेका छन्। )
प्रमुख अतिथि पुर्व मुख्य मन्त्री सिंहले मन्तव्यका क्रममा देशको वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै मधेशलाई कसरी अगाडि बढाउने भन्ने विषयमा धारणा राख्नुभयो। उहाँले शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रको सुदृढीकरण नगरी मधेशको समग्र विकास सम्भव नरहेको उल्लेख गर्नुभयो। साथै, मधेसी समुदायलाई अझै पनि दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने नश्लवादी सोच विद्यमान रहेको बताउँदै यस्ता प्रवृत्ति अन्त्य गर्न गम्भीर हुन सबैलाई आह्वान गर्नुभयो।


कार्यक्रममा सहभागी वक्ताहरूले मधेशको अधिकार, पहिचान र समावेशी विकासका लागि राजनीतिक एकता आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रमले स्थानीय तहमा राजनीतिक चेतना अभिवृद्धि गर्न सहयोग पुगेको सहभागीहरूको भनाइ छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button