समाचार

राजदेवी माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता

फाल्गुण २, राजविराज ।

“वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै देशमा उद्यमी बन्नु उत्तम हो” भन्ने शिर्षकमा नेपाल युनाइट्सको विद्यालय सम्बन्ध भ्रमण कार्यक्रम अन्तर्गत श्री राजदेवी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालय, राजविराजमा वादविवाद प्रतियोगिता आयोजना गरिएको छ ।
कक्षा ८ देखि १० सम्मका १० जना विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका थिए जसमा कक्षा ९ मा अध्ययनरत छात्रा रितिका खतिवडाले प्रथम स्थान हासिल गरेकी थिइन् । यसै गरी कक्षा ८ मा अध्ययनरत छात्रा खुश्बु कुमारी साह दोस्रो, कक्षा १० मा अध्ययनरत छात्रा पूजा कुमारी यादव तेस्रो र कक्षा १० मा अध्ययनरत छात्रा सोनी कुमारी साह चौथो स्थानमा ओगटन सफल भए । प्रतियोगितामा विद्यार्थीहरूले उत्साह पूर्वक पक्ष र विपक्ष आ आफ्ना गहकिला तर्कहरु प्रस्तुत गरेका थिए ।

नेपाल युनाइट्सले अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीहरूको आलोचनात्मक सोच, सार्वजनिक भाषण र तर्क कौशल विकास गर्न, नेतृत्व विकास, जिम्मेवारी र सीप सुधार गर्नमा टेवा पुगेको स्कुलका प्रधानाध्यापक दिनेश प्रसाद यादवले बताए ।

यस कार्यक्रमलाई उल्लेखनीय रूपमा सफल बनाउनमा अमूल्य सहयोग गर्नु हुने स्कूल र प्रशासनका सम्पूर्ण कर्मचारीहरू कृत्यज्ञ प्रकट गर्दै नेपाल युनाइट्सले अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीहरूमा रहेको अन्तरनिहित क्षमतालाई प्रसफुटन गर्ने माध्ययम भएको नेपाल युनाइट्स अभियानमा जोडिन समेत आग्रह नेपाल युनाइट्सका अध्यक्ष मोहम्मद जियाउल रहमानले बताए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button