समाज

कञ्चनपुर बजारस्थित न्यूँ महालक्ष्मी ज्वेलर्समा चोरी

पब्लिकप्रेस संवाददाता
राजविराज।

जिल्लाको कञ्चनरुप नगरपालिका-८ कंचनपुर बजारस्थित रहेको न्यू महालक्ष्मी ज्वेलर्समा गएराति चोरी भएको छ।तर उक्त घटनामा संलग्नहरुको पहिचान भने अहिलेसम्म हुन सकेको छैन।

बुधबार रातीको समयमा आएका चोरहरुले पसलको सेटरमा लगाइएको ताला फुटाइ चोरी गरेको प्रोप्राईटर मुकेश साहले जानकारी दिएको छ।उनले पसलमा तयारी अवस्थामा रहेको सुनचाँदीका गरगहना लगायतको सामानहरु चोरी भएको बताउँछन।

करोडौंको लगानीमा सञ्चालन गर्दै आएका साहको ज्वेलर्सबाट चोरी हुँदा बजारक्षेत्रका व्यापारीहरु त्रसित छन।उनीहरूका अनुसार बजारको मुख्य क्षेत्रबाटै चोरी हुँदासमेत संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिन नसक्दा त्रसित भएको बताउँछन।

ईलाका प्रहरी कार्यालय,कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्रले चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको बताएका छ्न।उनले उक्त पसलमा भएको चोरीको यथार्थ विवरण आइसकेको छैन।तर, घटनाको तीब्र अनुसन्धानका निमित्त प्रहरी लागिपरेको बताए ।

स्थानीय व्यापारीहरुले घटनाको सुक्ष्म अनुसन्धान गर्न माग गरेका छ्न।उनीहरूले बजार क्षेत्रका व्यापारीहरुको सुरक्षाका लागी स्थानीय सरकार,प्रदेश सरकार र सुरक्षा निकायहरू गम्भीर बन्नुपर्ने बताएका छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button