पब्लिक प्रेस ।
सप्तरी जिल्लामा एसईई (SEE) परीक्षाका सन्दर्भमा जिल्ला परीक्षा समन्वय समिति र केन्द्राध्यक्षहरू बीच शनिवार जिल्ला प्रशासनकाे हलमा समिक्षा बैठक सम्पन्न भएको छ।
बैठकमा अनुगमनका क्रममा देखिएका कमी-कमजोरीहरूको सूक्ष्म मूल्यांकन गर्दै आगामी दिनमा सुधारको पहललाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।
बैठकले केन्द्रका गतिविधिहरूलाई अझ कडा बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्यो। परीक्षाको पारदर्शिता, शुद्धता, र सुव्यवस्थित संचालनमा सुधारका लागि विशेष रणनीतिहरू अपनाउने कुरा बैठकले तय गरेको छ।
यस बैठकले परीक्षा प्रणालीलाई मजबुत बनाउनका लागि सबै पक्षको सहकार्य र सक्रिय भूमिकाको महत्त्वलाई उजागर गरेको छ। सुधारका यी प्रयासले विद्यार्थीहरूले निष्पक्ष र व्यवस्थित वातावरणमा परीक्षा दिन सक्ने सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको छ।










