समाचार

एसईई परीक्षामा सुधारको प्रयास: समिक्षा बैठक सम्पन्न

 

पब्लिक प्रेस ।

सप्तरी जिल्लामा एसईई (SEE) परीक्षाका सन्दर्भमा जिल्ला परीक्षा समन्वय समिति र केन्द्राध्यक्षहरू बीच शनिवार जिल्ला प्रशासनकाे हलमा समिक्षा बैठक सम्पन्न भएको छ।

बैठकमा अनुगमनका क्रममा देखिएका कमी-कमजोरीहरूको सूक्ष्म मूल्यांकन गर्दै आगामी दिनमा सुधारको पहललाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।

बैठकले केन्द्रका गतिविधिहरूलाई अझ कडा बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्‍यो। परीक्षाको पारदर्शिता, शुद्धता, र सुव्यवस्थित संचालनमा सुधारका लागि विशेष रणनीतिहरू अपनाउने कुरा बैठकले तय गरेको छ।

यस बैठकले परीक्षा प्रणालीलाई मजबुत बनाउनका लागि सबै पक्षको सहकार्य र सक्रिय भूमिकाको महत्त्वलाई उजागर गरेको छ। सुधारका यी प्रयासले विद्यार्थीहरूले निष्पक्ष र व्यवस्थित वातावरणमा परीक्षा दिन सक्ने सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button