समाचार

मुक्ति समाज नेपाल जिल्ला समिति सप्तरीको छैटौं विस्तारित बैठक सुरू

 

नविन यादव

राजविराज ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट भातृ संगठन मुक्ति समाज नेपाल जिल्ला समिति सप्तरीको आयोजनामा आईतवार  छैटौं जिल्ला विस्तारित बैठक सुरू भएको छ।
“सम्पूर्ण उत्पीडित दलित जनता एक होऔं!” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त बैठक राजविराज–५ स्थित समन्वय समितिको सभाहलमा सुरु भएको हो।

कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष जेहेन्द्र प्रकाश रमनले गरेका छन्।
कार्यक्रममा केन्द्रीय इञ्चार्ज तथा पोलिटब्युरो सदस्य जितु गौतम प्रमुख अतिथिका रूपमा तथा पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल विशेष अतिथिका रूपमा सहभागी भएका छन्।

बैठकमा दलित समुदायका सामाजिक, आर्थिक तथा राजनीतिक हक–हितका सवालमा विस्तृत छलफल गरिने जनाइएको छ।
साथै, संगठन विस्तार, सशक्तिकरण र राजनीतिक चेतना अभिवृद्धि सम्बन्धी रणनीतिक निर्णयहरू लिइने जानकारी दिइएको छ।

कार्यक्रममा मुक्ति समाज नेपालका विभिन्न तहका सदस्य तथा प्रतिनिधिहरू गरी करिब २०० जनाको उपस्थिति रहेको आयोजक समितिले जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button