समाचार

मन्त्रीपरिषद्को निर्णय पालना गर्न अधिकृत कर्णको निर्देशन

पब्लिक प्रेस ।

सप्तरी — तिलाठी कोईलाडी गाउँपालिकाले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार कार्यालय समय निर्धारण गर्दै पालिका अन्तर्गतका सबै तहका कर्मचारीलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।
गाउँ कार्यपालिकाको कार्यालय तिलाठीबाट २०८२ चैत २२ गते जारी सूचनामा प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले मन्त्रीपरिषद्को सोही मितिको निर्णयअनुसार २०८२ चैत २३ गतेदेखि लागू हुने गरी कार्यालय समय तोकिएको जानकारी दिएका छन्।
सूचनाअनुसार अब गाउँपालिका तथा मातहतका सबै कार्यालय बिहान ९:०० बजे खुल्ने र साँझ ५:०० बजे बन्द हुनेछन्। कार्यालय सञ्चालन सोमबारदेखि शुक्रबारसम्म हुने व्यवस्था गरिएको छ।
त्यसैगरी, पालिकामा कार्यरत सबै कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोशाक तथा परिचयपत्र लगाएर कार्यालय समयमा उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ। तोकिएको समय पालना नगर्ने तथा पोशाक र परिचयपत्र बिना कार्यालयमा उपस्थित हुने कर्मचारीमाथि प्रचलित नियमअनुसार कारबाही गरिने स्पष्ट चेतावनी दिइएको छ।
गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी, अनुशासित र व्यवस्थित बनाउन मन्त्रीपरिषद्को निर्णय कार्यान्वयनमा ल्याइएको जनाएको छ।

 

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button