शिक्षासमाचार

विद्यालयको अवस्था दयनीय, युवा अभियानले देखायो शिक्षा प्रणालीको वास्तविकता

सप्तरी, महदेवा।
महदेवा गाउँपालिकाभित्रका विद्यालयहरूको अवस्था अत्यन्तै चिन्ताजनक देखिएको छ। गाउँपालिकाका ६ वटै वडाका युवाहरूले संयुक्त रूपमा विद्यालय अनुगमन गर्दा शिक्षा, सरसफाइ र भौतिक पूर्वाधारका सबै क्षेत्रमा सुधारको अत्यावश्यक आवश्यकता रहेको पाइएको हो।

अनुगमन टोलीका अनुसार हालसम्म वडा नं. १, २, ४, ५ र ६ का ९ वटा विद्यालयमा अनुगमन गरिएको छ। गाउँपालिकाभित्र कुल २० वटा विद्यालय रहेका छन्। अनुगमनका क्रममा विद्यालयहरूमा खानेपानीको अभाव, जीर्ण शौचालय, खेलकुद सामग्रीको कमी, अस्वच्छ वातावरण र कमजोर व्यवस्थापन जस्ता समस्या प्रमुख रूपमा देखिएका छन्।

युवा अभियन्ता रञ्जित मण्डलले भने,

> “विद्यालयको अवस्था अत्यन्तै दुःखद छ। कतिपय विद्यालयमा विद्यार्थीहरू स्वच्छ खानेपानी र आधारभूत खेल सामग्री बिना नै अध्ययन गर्न बाध्य छन्। हामीले यस्ता समस्या सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं।”

अनुगमन टोलीले बाँकी वडाका विद्यालयहरूमा पनि शीघ्र अनुगमन गर्ने तयारी गरिरहेको जनाएको छ। युवाहरूले विद्यालय सुधारलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सुधार सुनिश्चित गर्न निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

स्थानिय बासिन्दाहरूले विद्यालय सुधारका लागि युवाहरूको यो पहललाई स्वागत गर्दै गाउँपालिकाले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button