समाचार

वडा अध्यक्षकाे प्रेस विज्ञप्ति विरूद्ध शिक्षक मण्डलले लिए एक्सन

राजविराज |
सप्तरीको तिलाठी काेईलाडी गाउँपालिकाले ४ वटा वडालाई समेत समन्वय नगरी आफ्नो १०औं गाउँ सभा सम्पन्न गरेको विरोधमा ४ वटा वडाका अध्यक्षहरुले प्रेस विज्ञप्ति  मार्फत विरुद्ध जनाउँदा राष्ट्रिय प्राथमिक विद्यालय मंसापुरका शिक्षक जितेन्द्र मण्डलले समाजिक संजालमा विज्ञप्ति प्रति विरोध जनाएका छन् ।
शिक्षक मण्डलले सोही गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रमेश मुखियालाई लोकतन्त्र मर्यादा बारे पाठ सिकाउन लागेको हो । समाजिक संजालमा शिक्षक मण्डलले लोकतन्त्रको मान मर्यादा र लोकतन्त्रका बिचारहरु राम्रोसंग अध्यन गर्न एकचोटी बिचार गर्न सुझाव दिएको छ ।
शिक्षक मण्डल गाउँपालिका अध्यक्षकाे नातामा सालाे परेकोले उनले जातीयताको आधारमा र आफ्नो भेनाकाे ( जिजा) पक्षमा वडा अध्यक्षहरुलाई लोकतन्त्र सम्बन्धी पाठ सिकाउन लागेका हो ।
एउटा शिक्षकले आफ्नो पेशामा ध्यान दिनुको सट्टा वडा अध्यक्षहरुलाई लोकतन्त्र सम्बन्धी पाठ सिकाउनु दुखद कुरा हो । यस्तो शिक्षकले विद्यार्थीहरुलाई के सिकाउँदै होला ? प्रश्न समेत गरेको छ ।
यसले  प्रष्ट झल्किन्छ आफ्नो भिना र जातीयताको पक्षमा शिक्षक लागेको हो ।
यता, ४ वटा वडालाई गाउँसभामा समन्वय नगरेको बिरोधमा संयुक्त विज्ञप्ति समेत जारि गरे छ ।
वाड नम्बर १ काे वडा अध्यक्ष दिनेश्वर मिश्र, वाड नम्बर ३ काे वडा अध्यक्ष रमेश मुखिया, वाड नम्बर ६ काे वडा अध्यक्ष राेशन सिंह र वाड नम्बर ८ काे वडा अध्यक्ष सत्यनारायण यादव लगायतले संयुक्त बिज्ञाप्ती मार्फत “तिलाठी कोइलाडी गाउँपालिकाले १० औं गाउँसभा गरेको भन्दै समाजिक संजालमा देखिएको फोटोहरु प्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ ।”
कुनै वडाबाट योजनाहरु पेश समेत नभएको अवस्थामा यो हचुवाको भरमा फोटो सेशन गरेर गरिएको असारे सभा मात्र हो । यसरी गाउँसभाको नाममा जनतालाई भ्रममा पार्नु सिंगो लोकतन्त्रको उपहास हो । वडाबाट योजना संकलन नै नभएको अवस्थामा गरिएको गाउँसभा कतिको वास्तविक, जनहितकारी र कानुनी रहेको हुनसक्छ ? यो लोकतन्त्रको अभ्यासलाई कमजोर पार्ने कुकृत्य रहेको हाम्रो ठम्याइ छ । तसर्थ गाउँ सभा भएको भनी फैलाइएको यो भ्रम मात्र हो । यसमा विश्वास नगर्न जनता जनार्दनमा आग्रह गर्दछौं ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button