राजनीति

प्रेस जनमत संघको केन्द्रीय अध्यक्षमा झा र सह–अध्यक्षमा विश्वास चयन

पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
प्रेस जनमत संघको केन्द्रीय तदर्थ समितिका अध्यक्षमा सप्तरीका अवधेश झा र सह–अध्यक्षमा रामनारायाण विश्वास चयन भएको छ ।

आईतबार जनमत पार्टीको केन्द्रीय सचिवलायको निर्णय अनुसार संघियता, लोकतन्त्र र गणतन्त्रमा आस्था राख्ने पत्रकारहरु सम्मिलित प्रेस जनमत संघको २१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।

त्यस्तै, केन्द्रीय सचिवमा मोहत्तरीका ललनकुमार मण्डल, केन्द्रीय सदस्यहरुमा सप्तरीका चन्दन रजक, जितेन्द्र खड्गा, धनुषाका मनोज मरबैता, विजयकुमार साह, सुमित मिश्र, शम्भू पण्डित, सञ्जय यादव, बाराका अनिल पाण्डे, श्यामकुमार गिरी र विजेन्द्रकुमार चौधरी, काठमाण्डौका केशव लुइँटेल, रौतहटका शेख मोजिबुल्लाह, पर्साका मुना ठाकुर रहेको छ ।

त्यस्तै, सिरहाका विरेन्द्रकुमार साह, भोगेन्द्र साह, रिनाकुमारी केसी तथा विमला कुमारी यादव र सुनसरीका चन्दन रौनियार रहेको जनमत पार्टीद्वारा सुचना जारी गर्दै जानकारी दिए । साथै संघको जिल्ला र प्रदेशिक समितिहरु पनि क्रमश गठन हुने प्रक्रियामा रहेको जारी सुचनामा उल्लेख गरिएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button