समाचार

मधेश प्रदेशको बजेट ४३ अर्ब ८९ करोड विनियोजन

कृष्णानन्द भट्ट
जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ।
मधेश प्रदेश प्रदेशका अर्थमन्त्री भरत साहले आगामी आर्थिक वर्षका लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेका छन्।
सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट करिब २२ करोड रुपैयाँले घटाएकाे छ। चालु आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो।
प्रदेश सरकारले ल्याएको बजेटमध्ये चालू खर्चतर्फ १६ अर्ब ७ लाख १ हजार रुपैयाँ रहेको छ भने पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button