समाचार

नेपाल पत्रकार महासंघकाे जेठ २६ काे निर्वाचन अन्याैलमा परेकाे चिन्ता

पब्लिक प्रेस संवाददाता
राजबिराज ।

प्रेस चाैतारी नेपाल सप्तरी शाखाले शनिवार प्रेस विज्ञप्ती जारी गरेकाे छ । जारी विज्ञप्तीमा नेपाल पत्रकार महासंघकाे सर्वाेच्च निकाय महाधिवेशनले दिएकाे निर्देशन अनुरुप बैशाख मसान्तसम्म महासंघकाे सदस्यता नामावली सार्वजनिक गरिसक्नुपर्नेमा जिल्ला शाखा, प्रदेश समितिका निर्णय र सिफारीस विपरित गरेकाे जनाइएकाे छ ।
मनाेमानी ढंगले सदस्यता हेरफेर थपघट गर्ने बदनियतका साथ नेपाल पत्रकार महासंघ अगाडि बढेपछि उत्पन्न बिवादका कारणले केन्द्रीय कार्यालय लगायत विभिन्न शाखाहरुमा भइरहेकाे तालाबन्दी र बिराेध प्रदर्शनप्रति प्रेस चाैतारी नेपाल शाखा सप्तरीकाे गम्भीर ध्यानाकार्षण भएकाे विज्ञप्तीमा उल्लेख छ । शनिवार बसेकाे शाखाकाे बैठकले निर्णय गर्दै जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ सदस्यता शुद्धिकरण सहितकाे नामावली हालसम्म सार्वजनिक गर्न नसक्दा जेष्ठ २६ गतेका लागि निर्धारित महासंघकाे निर्वाचन समेत अन्याैलमा परेकाेमा गम्भीर चिन्ता छ ।
चाैतारी शाखाका अध्यक्ष डम्बर राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल पत्रकार महासंघ शाखाले याेग्य र क्रीयाशिल पत्रकारहरुलाई सदस्यता नदिने कार्यप्रति घाेर भत्सर्ना गरेकाे उल्लेख छ । साथै तत्काल नयाँ सदस्यका लागि प्राप्त भएका निवेदनमाथि छलफल गरि नयाँ सदस्यताका लागि आवश्यक पहल गर्न विज्ञप्तीद्वारा माँग राखेका छन् ।
महासंघकाे निर्वाचन संघारमै आइसक्दापनी सदस्यताकाे अन्तिम नामावली टुङ्गाे लगाउन नसक्ने र जारी तालाबन्दी खाेलाएर निर्वाचनकाे वातावरण सहज बनाउन नसक्ने महासंघकाे नेतृत्वप्रति खेद प्रकट गरेकाे छ । यता विज्ञप्ती मार्फत यथाशिघ्र सदस्यताकाे नामावली टुङ्गाे लगाएर निर्वाचनकाे सहज वातावरण बनाउन जाेडदार माँग गरेकाे छ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीकाे निर्वाचन र आगामी नेतृत्वका लागि क्रीयाशिल पत्रकारकाे साझा संगठनकाे स्वरुप दिन क्रीयाशिल सबै पत्रकार संघ संगठनबीच सर्व सम्मत निर्णयका साथ अघि बढ्न चाैतारीले आव्हान गरेको विज्ञप्तीमा जनाइएकाे छ ।
साथै साझा सहमतिलाई पहिलाे प्राथमिकता दिदै सर्व सम्मत कार्य समिति निर्माण हुन सक्ने अवस्था नबनेमा विभिन्न संगठनहरुसंग वार्ता र छलफल गरि अगाडि बढ्न प्रेस चाैतारी नेपाल सप्तरी शाखा तत्पर रहेकाे जानकारी गराउदै सहज वातावरणमा नयाँ नेतृत्वकाे लागि हुने निर्वाचनमा सबै संगठनहरुकाे सहयाेगकाे बिश्वास समेत लिएकाे उल्लेख छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button