पब्लिक प्रेस संवाददाता
राजबिराज चैत्र ५ गते ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) स्वच्छ, निष्पक्ष र मर्यादित ढङ्गले सञ्चालन गर्न निर्देशन जारी गरेको छ । जिल्ला परीक्षा समन्वय समितिले मंगलबार निर्णय गरि यस्ताे निर्देशन जारी गरेकाे हाे ।
निर्णयानुसार, परीक्षा केन्द्रमा विद्यार्थीहरूले आफ्नो प्रवेश-पत्र बाहेक अन्य सामग्री लैजान पूर्ण रूपमा निषेध गरिएको छ। साथै मोबाइल, स्मार्ट वाच, विद्युतीय क्याल्कुलेटर, पुस्तक, गाइड, गेसपेपर लगायतका सामग्री परीक्षा केन्द्रभित्र लैजान पाइने छैन ।
यदि परीक्षा हलभित्र यस्तो सामग्री फेला परेमा ती सामग्रीहरू जफत गरिने र ती परीक्षार्थीलाई परीक्षा हलबाट निष्कासन गरिने जानकारी दिइएको छ ।
यस निर्देशनले परीक्षा प्रक्रियालाई निष्पक्ष, व्यवस्थित र मर्यादित बनाउन मद्दत गर्ने अपेक्षा गरिएको जनाइएकाे छ ।