समाचार

नेपाल-भारत सीमानाका बन्द

नविन निर्भय यादव | 

सप्तरी  

छिमेकी मुलुक भारतको विहार राज्यको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा दुई चरणमा हुन लागेको लोकसभा निर्वाचनको बेला नेपाल-भारत सीमानाकालाई आठ दिनसम्म बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाले शनिबार सार्वजनिक सूचना जारी गरी पहिलो चरणमा वैसाख २५ गते हुने निर्वाचन लागि शनिबार बैशाख २२ गतेको मध्यरातदेखि वैसाख २५ गतेको मध्यरातसम्म नेपाल-भारत सीमा नाका बन्द हुने जनाएको छ।
सूचना अनुसार दोस्रो चरण अन्तर्गत जेठ ७ गते हुने निर्वाचनका लागि ४ जेठ ४ गतेको मध्यरातदेखि ७ गतेको मध्यरातसम्म सीमा नाका बन्द हुनेछ।
यसै गरि सप्तरी जिल्लासङ्ग जोडीएका
बनैनीया, श्वर्णपटिृ, कोदरकटृी, हनुमाननगर, गोविन्दपुर, बेल्ही र कुशाहपातो भन्सार कार्यलय पनि चुनाव भै नसक्दासम्म बन्द हुने छन्।
करिब दुई महिनाअघि भारत बिहारको मधुवनीमा नेपाल-भारतका सुरक्षा अधिकारीको बैठकको निर्णय अनुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टि र माडर नाका बन्द गरिने सिरहा जिल्लाले जनाएको छ।
बिहार मधुवनीस्थित जिल्ला मजिस्ट्रेट, कलक्टर कार्यालय ११ अप्रिल २०२४ को पत्रमार्फत् दुई चरणमा हुने निर्वाचनको ७२ घण्टा अगावैदेखि सीमा नाका बन्द गरिदिन अनुरोध आएकाले सोही बमोजिम वैसाख २२ गतेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सीमा नाका बन्द हुनेछ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button