पब्लिक प्रेस सम्वाददाता
राजबिराज
सप्तरी तिरहुत गाउँपालिका वडा नं. ५ बस्ने नारायण मुखियाको छोरा वर्ष २० को सरोज कुमार मुखिया पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय राजबिराजबाट खटिएकाे प्रहरी टाेलीले गाउँघरमा लुकीछिपी बसेकाे अवस्थामा बिहिवार पक्राउ गरेकाे प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्याैपानेले जानकारी दिएमा छन् ।
ज्यान मार्ने उधाेगमा सम्मानित जिल्ला अदालत राजबिराजले कैद जरीवाना ताेकी वरदात पश्चात् मुखिया फरार भएका थिए । उनलाई जिल्ला अदालतले १० हजार नगद सहित ३ महिना कैद सजाय ताेकेकाे थियाे ।









