पब्लिक प्रेस
सप्तरी — नववर्ष २०८३ को अवसर पारेर M&M Auto Parts Center and Electronics Suppliers ले बोदेबरसाइन नगरपालिका बजारमा आफ्नो नयाँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

मंगलबार आयोजित एक कार्यक्रमबीच बोदेबरसाइन नगरपालिकाका मेयर आतेश सिंह यादवले रिवन काट्दै शाखाको उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै मेयर यादवले बोदेबरसाइन बजारलाई व्यवस्थित र नमुना व्यापारिक केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नगरभित्र व्यवसाय सञ्चालन गर्ने सम्पूर्ण व्यवसायीलाई नगरपालिकाबाट आवश्यक साथ र सहयोग निरन्तर रहने स्पष्ट पारे।

उद्घाटन कार्यक्रममा युवा नेता अमरेन्द्र यादव, दाउद अली, अरुण यादव, एमडी उस्मा, पत्रकार धुरुव मण्डल, एमडी इद्रिस, पूर्व नापी अधिकृत जिब्रिल, एमडी इलियास, एमडी जकिर, एमडी अजादलगायतको उपस्थिति रहेको थियो।
प्रोप्राइटर अनवर अलीकाे दोस्रो शाखा हो। यसअघि खडक नगरपालिका–८, विष्णुपुर बजारमा स्थापना गरिएको शाखाले विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको छ।

नयाँ शाखामा बजाज मोटरसाइकलका पार्ट्ससँगै फ्रिज, वासिङ मेसिन, एसी, कुलर, पंखा, मिक्सर, जुसर, आइरन, इन्डक्सन, हिटर, चिम्नी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर, इन्भर्टर, ब्याट्रीलगायतका विद्युतीय सामग्रीहरू उचित मूल्यमा उपलब्ध रहेको जनाइएको छ।










