समाचार

राजविराजबाट खुलेको माईक्रो सुनसरीमा दुर्घटना, ३ जनाको मृत्यु दर्जनौंभन्दा बढी घाइते

पब्लिक प्रेस सम्वाददाता
राजविराज ।

सप्तरीको राजविराजबाट खुलेको माईक्रो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोल स्थित बसमा ठोक्किदा दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने दजनौ भन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला गरी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले बताए ।

राजबिराजबाट बिराटनगरको लागि खुलेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माईक्रोबस र काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस सोमबार बिहान एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

घाइते १६ जनामध्ये ४ जनाको अवस्था गम्भीर, १२ जनाको अवस्था मध्यम र १ जनाको सामान्य छ । घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा ल्याइएका १५ जनामध्ये २ जना पुरुषको मृत्यु भएको छ । १ जनाको अवस्था गम्भीर र १२ जना मध्यम अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै, जिल्ला अस्पताल इनरुवामा ल्याइएका ५ जनामध्ये १ जना महिलाको मृत्यु भएको, ३ जनालाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा रेफर गरिएको र १ जनाको सोही अस्पतालमा सामान्य उपचार भइरहेको ।

प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button