समाचार

कम्युनिष्टको आवरणमा स्वार्थ गर्नेहरूलाई नछाड्ने चेतावनी

 

पब्लिक प्रेस ।

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुभाष यादवले कम्युनिष्टको नाममा राजनीति गरेर व्यक्तिगत स्वार्थ पूर्ति गर्नेहरूलाई युवापङ्क्तिले तह लगाउने चेतावनी दिएका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजविराज–९ मा आयोजित चुनावी अभियान कार्यक्रममा मन्तव्य राख्दै उनले कम्युनिष्ट आन्दोलनको नाम भजाएर जनतालाई झुक्याउने प्रवृत्ति अब सह्य नहुने बताए। उनले कम्युनिष्ट विचारधारालाई रोजगारी र अवसरको माध्यम बनाउने प्रवृत्तिविरुद्ध सच्चा कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिए।
उम्मेदवार यादवले सप्तरीका कम्युनिष्ट समर्थक तथा सर्वसाधारण मतदातालाई सचेत रहन आग्रह गर्दै जनताको मतलाई सम्मान गर्न सबैलाई आह्वान गरे। “जनताको विश्वास लिएर जनताकै अधिकारमाथि खेलवाड गर्नेहरू जहाँ गए पनि जनताले छाड्दैनन्,” उनले भने।
तारा छाप चुनाव चिन्हका उम्मेदवार यादवले आगामी निर्वाचनमा आफूलाई विजयी गराई जनताको पक्षमा काम गर्ने अवसर दिन आग्रहसमेत गरे। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर २ मा विभिन्न दलका उम्मेदवारहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button